२० प्रतिशतले इन्धन कटौती गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायलाई इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ।मन्त्रालयले  वैदेशिक मुद्राको सञ्चितिमा परेको चापको कारण देखाउँदै इन्धन सुविधा कटौती गरेको हो। ‘निकायमा प्रयोग हुने इन्धन सुविधामा २० प्रतिशतले कटौती गर्नु हुन निर्देशनानुसार अनुरोध छ। साथै यो व्यवस्था हाललाई २०७९ असार मसान्तसम्मका लागि रहेको व्यहोरा अनुरोध छ’, जारी सूचनामा उल्लेख छ। 

सम्बन्धित सामग्री

इन्धन खर्चमा मितव्ययिता कायम गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्धन खर्चमा मितव्ययिता कायम गर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका सबै निकाय केन्द्र, प्रतिष्ठान, आयोग, संस्थान, समिति, बोर्ड, परिषद् तथा कार्यालयलाई इन्धन शीर्षकमा २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो । मन्त्रालयले मन्त्रिपरिषद्को गएको चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक...