प्राथमिकता सकारात्मक: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षका लागि शनिबार प्रस्तुत बजेट सकारात्मक रहेको जनाएको छ। बजेटका प्राथमिकताले सकारात्मक सन्देश दिएको भन्दै कार्यान्वयनमा जोड दिएको छ।...

सम्बन्धित सामग्री

होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग

१९ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ समक्ष होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको छ । होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिने भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकता दिँदै […]

भुक्तानी ढिलाइ हुँदा निर्माण प्रभावितः महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएको छ । १५औं निर्माण दिवसका महासंघका अध्यक्ष रवि सिंहले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने सरकारको आवश्यक्ता आम नागरिक र निर्माण व्यवसायीलाई रहेको बताए । उनले कोरोना भाइरस, रुस–युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा नै उपलब्ध […]

‘बेलायतबाट कम लगानी आयो, लगानी र व्यापारलाई प्राथमिकता दिऔं’ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट नेपालमा न्यून लगानी भएको बताएका छन् । बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग भेटघाट क्रममा गोल्छाले अब बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानी अवसर बढेको गोल्छाले राजदूत आचार्यलाई जानकारी गराए । नेपालले यी विषयमा गरेको सुधार बेलायतलाई ज

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न महासंघ तयार

सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सँग सोमबार महासंघले गरेको छलफलमा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिवद्घ रहेको बताए । उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उनले […]

महासंघ सचिवालयमा लगाइयो कोभिडविरुद्धको खोप

काठमाडौं (अस) । स्वास्थ्य मन्त्रालय÷स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकुमा उद्योगी व्यवसायीका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलव्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम सञ्चालन गरिएको हो ।       भदौ ४ गते आयोजित कार्यक्रममा महासंघका सदस्य संघ–संस्थामा आबद्ध उद्यमी व्यवसायी, कामदार कर्मचारी तथा परिवारजनलाई खोप दिइएको थियो । कार्यक्रममा करिव ६ सय जनाले भेरोसिल खोप लगाएको महासंघले बताएको छ । खोप कार्यक्रमको सुरुआत महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा सीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए । सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिडविरुद्धको खोप उपलब्ध गराएजस्तै सबै प्रदेशहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई प्राथमिकतामा राखेर खोप लगाउन महासंघले आग्रह गरेको छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमईबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंकिङ सेवा सुंविधाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। विराटनगरमा सोमबार आयोजित एक कार्यक्रमबीच पहुँच नपुगेका साना ब्यवसायी, नयाँ लगानी गर्न युवा ब्यवसायी, अपाङ्गता भएका ब्यक्तिलाई प्राथमिकता राख्दै बैँकले सुविधा दिन सहमति गरेको हो। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले सहमति अनुसार आवश्यक कागजात मूल्यांकनसंगै […]

अहिलेको मुख्य प्राथमिकता नागरिकको स्वास्थ्य सुरक्षा : नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नु पर्नेमा गम्भीर ध्यानाकर्षण गराएको छ।...

पत्रकार महासंघ गुल्मीको भवनमा अक्सिजनसहितको आइसोलेसन

गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो भवनमा अक्सिनसहितको पाँच शय्याको  आइसोलेसन निर्माण गरेको छ। कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमित पत्रकारलाई मध्यनगर गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए। आइसोलेसन शुभलक्ष्मी फर्माका सञ्चालक होम पल्लीले निर्माण गरिदिएक हुन्। महासंघको आइसोलेसनमा पत्रकारहरुलाई पहिलो प्राथमिकता दिइने शाखाले जनाएको छ। माहासंघले जिल्लामा अक्सिजन अभाव हुन नदिन सहयोग अभियान पनि सञ्चालन गरेको छ।

व्यवसायी र कामदारको जीवनरक्षा प्राथमिकता : महासंघ

नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताएको छ ।कोभिड–१९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु राखेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष श्याम गिरीले महासंघको विभिन्न तहमा ११९ जना उद्यमी संक्रमित रहेको बताए […]