काठमाडौं : सत्तापक्षका सांसद नै नआएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ। बिहीबार सुरु भएको प्रदेशसभा बैठकबाट एकाएक बाहिरिएको सत्तापक्ष बैठक कक्षमा नफर्किएपछि बैठक शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।विपक्षीहरुले बजेटको छलफलमा बस्न अस्वीकार गरेपछि मुख्यमन्त्री, मन्त्रीहरु र सत्तापक्षका सबै सांसदहरुले बैठक बहिष्कार गरी बाहिरिएका थिए। सत्तापक्षका सबै सांसद बाहिरिएपछि पनि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका थिए।बजेटबारे प्रदेशसभा सदस्यहरुले उठाएका प्रश