आहारा खोज्दै मानव बस्तीमा चितुवा : पूर्वदेखि पश्चिमसम्म आतंक

काठमाडौं: पूर्वी नेपाल सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित जुट विकास क्षेत्र एकता टोलमा सोमबार बिहानै एक्कासी खैलाबैला मच्चियो। कारण थियो, चितुवा।राति नै गाउँ पसेको चितुवा बिहान करिब ५ बजेतिर खेत हुँदै घर वरीपरी दौडिन थालेपछि स्थानीय त्रसित भए। स्थानीयको होहल्लाले आत्तिएर चितुवा जुट विकासकै एक घरभित्र पसेको थियो। लगत्तै स्थानीयले सुरक्षाका लागि प्रहरी र स्थानीय प्रशासनलाई खबर गरे। बिहान ६ बजेतिर सूचना पाएलगत्तै जिल्ला वन कार्यालय, कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी