माओवादी पालिका अधिवेशन: ताप्लेजुङका आठ स्थानीय तहमा नयाँ नेतृत्व

फुङ्लिङ, १२ मङ्सिर : ताप्लेजुङमा नौ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु भएको आजसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो । ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिवेशन भने सोमबार अधिवेशन गर्ने तयारी रहेको नेकपा (माओवादी केन्द्र) ताप्लेजुङका संयोजक विजयप्रकाश वनेमले बताए । […]

सम्बन्धित सामग्री

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र) खोटाङले दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिकारनगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्य