काठमाडौँ प्रहरी परिसरका डीएसपी राजकुमार केसीको निधन

काठमाडौँ। कोरोना संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । प्रहरी अस्पतालमा उपचाररत केसीको बिहीबार निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । २ हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएका उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका स्थायी बासिन्दा हुन् ।