गाउँपालिकाद्वारा प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

गोरखा– गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना, बुङ्कोट, राइनास  र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए। गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर सामग्री उपलब्ध गराएको उनले बताए। […]