युनाइटेडको खेल स्थगित, प्रिमियर लिगमा ४२ जना कोभिड–१९ संक्रमित

काठमाडौं । कोभिड–१९ महामारीका कारण म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीच बुधबार रातिको पूर्वनिर्धारित खेल स्थगित गरिएको छ । इंग्लिस प्रिमियर लिगले ‘महामारी प्रकोपको असाधारण परिस्थितिमा स्वास्थ्य सल्लाहकारहरूको सुझाव’मा खेल स्थगित गरिएको जनाएको छ । गएको साता प्रिमियर लिगमा खेलाडी र कर्मचारी गरी ४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । यसअघि, ब्राइटन र टोटनहमबीचको...