सबै नागरिकले काेराेना खाेप पाउँछन् : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको हो । कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नागरिकलाई कोरोना खोप पुर्‍याउन गरेकाे वाचा पूरा गरी छाड्ने छु । हामी ऋण लिएर जत...