जापान भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । जापानको पाँच दिनको भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् । जापानमा रहँदा दाहालले उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए । दाहाल नेपाली जनप्रगतिशील मञ्च, जापानको निम्तोमा जापान पुगेका थिए ।