सुरक्षा परिषद्को बैठक भारतद्वार बहिष्कार

एजेन्सी। चीनको अध्यक्षतामा चलिरहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को बैठक भारतीय विदेशमन्त्री एस जयशंकरले बहिष्कार गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको अध्यक्षतामा मन्त्रीस्तरीय बैठक हुन लागेको थियो। भारतको प्रतिनिधित्व विदेशसचिव हर्षवद्र्धन शृंगलाले गरिरहेका थिए। गत वर्ष पूर्वी लद्दाखमा भारत चीनबीच हिंसात्मक झडपपछि दुई देशको सम्बन्ध चिसिएको छ। सुरक्षा परिषद् बैठक बहिष्कार गरेर भारतले चीनलाई कडा उत्तर दिएको कतिपय विश्लेषक बताउँछन्।