पठाओको ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू, निःशुल्क राइडर बन्न सकिने

राइड शेयरिङ कम्पनी पठाओले ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू गरेको छ । यस अभियान अन्तर्गत विद्यार्थीलाई पठाओमा राइडर बन्न कुनै शुल्क लाग्ने छैन् ।  विद्यार्थीहरूमा ‘पढ्दै कमाऊ र आत्मनिर्भर बनौं’ भन्ने भावना जागृत गर्न अभियान सुरू गरेको कम्पनीले जनाएको छ ।  पठाओमा आफ्नो सवारी दर्ता गर्न दुई पांग्रे सवारीको लाइसेन्स र ब्लुबुक आवश्यक पर्नेछ । त्यस्तै आफु...

सम्बन्धित सामग्री

पठाओले सुरु गर्यो ‘पठाओ कवच’ अभियान, यात्रु र राईडरलाई ५ वटा सुविधा

राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एप मार्फत गरिने सेवामा विभिन्न ५ वटा सुविधाहरू सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमााले जानकारी दिइन् । ‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको बिकल्प रहेको र हरेक राइड सिस्टममा  ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेका छन् । उक्त अभियान अनुसार, हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बिमा हो ।पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो  रहेको बताइएको छ ।पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ । २४ सै घण्टा कल सेन्टरबाट पठाओको  सेवाका बारेमा  आवस्यक जानकारी समेत लिन  सकिने प्रवक्ता हमालले बताइन् । यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ । पठाओको हरेक राइड सिस्टममा  ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पुर्ण बिवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गरेर आफू पुगिरहेको गन्तब्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ ।‘सुरक्षित यात्राको भरपर्दो सहयात्री’ नारा सहित ल्याइएको उक्त अभियान पठाओका अग्रभागमा रहेर  सेवा प्रदान गर्ने राइडर, फुडम्यान, क्याप्टेन र सम्पुर्ण सेवाग्राहीको हितका लागि सूचारु गरिएको बताइएको छ । अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुबिधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित नहुने हमालको भनाइ छ ।

‘अफलाइन राइड’ गर्दा जोखिमै जोखिम

गत माघ ८ गते राती एक जना पठाओ राइडर अपहरणमा परे । २५ वर्षीय राइडर प्रविन राईलाई २१ वर्षीय सुमन तामाङले काठमाडौँको कोटेश्वरबाट ललितपुरको धापाखेलसम्म पुर्याइदिन भने । राती ११ः३० बजेको समयमा प्रविन सुमनलाई बोकेर धापाखेलतर्फ हुईकिए ।धापाखेलमा सुमन तामाङका २६ वर्षीय साथी मीनराज राई थिए । धापाखेल पुगेपछि सुमन र उनका साथी मीनराजले प्रविनलाई लुटपाट गरी मुखमा बाक्लो टेप लगाएर हातखुट्टा बाँधेर छोडिदिए । राइडर राईको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल र उनको साथमा भएको ८ हजार लिएर उनीहरूका २ जना त्यहाँबाट भागे । बलम्बुस्थित चन्द्रागिरी रिकण्डिशन सोरुममा मोटरसाइकल बेच्न लाग्दै गरेको अवस्थामा २ भाई नै समातिएका थिए ।अनलाइनमार्फत बुकिङ नलिएर कम्पनीलाई तिर्नुपर्ने ‘कमिशन’ जोगाउन खोज्दा राइडर आफ्नै असावधानीले निम्त्याएको घटना थियो त्यो । त्यस्तै जेठ २६ गते बिहीबार दिउँसो जडीबुडीमा दुर्घटना भयो । राइड सेयरिङ एप्स ‘इनड्राइभर’ मार्फत मेनुका गुरुङलाई लिएर हुईकिएको मोटरसाइकल ट्याक्सीमा ठोक्कियो । ट्याक्सीको बम्पर उक्कियो । यात्रु मेनुकाको खुट्टामा गम्भीर चोट लाग्यो ।तर, ‘ट्याक्सीमा कति क्षति भएको रहेछ हेर्छु’ भनेर यसो कोल्टे लागेका चालक दुर्घटनामा परेकी यात्रुलाई त्यहीँ छोडेर टाप कसे ।यो चाहिँ राइड सेयरिङ मार्फत यात्रा गर्ने यात्रुको असावधनीले निम्त्याएको जोखिम थियो । किनभने, आधिकारिक रुपमा दर्ता भए नभएको, कथमकदाचित दुर्घटना भए बीमा दाबी गर्न सकिने वा नसकिने, आफूलाई यात्रा गराउने राइडरको नाम, ठेगाना र सम्पर्कका विभिन्न माध्यम भए नभएको यकिन गरेर मात्रै यात्रु गर्नु पर्दथ्यो ।इनड्राइभर त नेपालका कुनैपनि आधिकारिक निकायमा दर्ता नै छैन । त्यसकारण यसको प्रयोग गर्नु जोखिम हुन्छ ।अफलाइन राइड नगर्नेनेपालमा सञ्चालित राइड सेयरिङ कम्पनीहरुमध्ये पठाओ लगायतका केहीले राइडर र यात्रुको बीमाको व्यवस्था गरेका छन् । औषधि उपचारका लागि १ लाख र अङ्गभङ्ग भएको अवस्थामा १० लाखसम्म बीमा वापत दाबी गर्न सकिन्छ ।यस्तै, राइडर वा चालक को आउँदैछ ? कति पटक चलाएको मान्छे आउँदैछ ? उसको मोबाइल नम्बर कति हो ? बाइक नम्बर कति हो ? सबै पहिल्यै जानकारी हुन्छ । उक्त जानकारी यात्रुहरुले आफू यात्रामा रहँदा आफन्तलाई ‘सेयर’ गर्न पनि सक्छन् । यसरी आफूलाई यात्रा गराईरहेको चालक वा राइडरको विवरण आफन्तलाई सेयर गरेपछि कसैगरी ढिला भएको खण्डमा आफन्तले चालकलाई सम्पर्क गर्न सक्छन् । चालकले गल्ती गरेको अवस्थामा उ विरुद्द उजुरी गर्न पनि सजिलो हुन्छ ।त्यसकारण, राइड सेयरिङमा ‘अनलाइन’ राइड विश्वव्यापी अभ्यास छ । यदि राइडर वा चालकले ‘अफलाइन जाउँ’ भन्ने प्रस्ताव गरेपनि यात्रुले ‘अनलाइन’ नै यात्रा गर्छु भन्नुपर्ने पठाओ नेपालका देशीय निर्देशक असिममानसिंह बस्नेत बताउँछन् ।

राइड शेयरिङको अफलाइन प्रयोगले बढायो सुरक्षा जोखिम

काठमाडौं । प्रविधिमैत्री यातायातको रूपमा यात्रुको रोजाइमा परेको राइड शेयरिङ सेवाको अफलाइन प्रयोगले सुरक्षा जोखिम बढाएको छ । सानो लगानीमा पनि शुरू गर्न सकिने स्टार्टअप व्यवसाय भएकाले पछिल्लो समय राइड शेयरिङ कम्पनी बढेका छन् । तर बढी आम्दानीको लोभमा यस्ता कम्पनीका राइडरले अफलाइन सेवा दिँदा सुरक्षाको चिन्ता थपिएको छ । काठमाडौं उपत्यकामा सेवा दिँदै आएका पठाओ, टुटल, इनड्राइभर र लुजुम जस्ता राइड शेयरिङ कम्पनी तथा यातायातका साधनको अफलाइन प्रयोगले सुरक्षा चुनौती बढाएको हो । राइडरले बढी नाफा कमाउन सक्ने र यात्रुले पनि मोलमोलाइ गर्दै सस्तोमा यात्रा गर्न पाउने भएकाले राइड शेयरिङको अफलाइन प्रयोग बढेको छ । काभ्रे घर भई हाल त्रिपुरेश्वर बस्दै आएकी सुमी त्रिपाठीकी आमालाई गत बुधवार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको गंगालाल अस्पताल लगियो । आमालाई भेट्न भन्दै सुमी हतार हतार घरबाट निस्किइन् । साँझको ७ बजिसकेकाले उनले राइड शेयरिङ सेवा प्रयोग गर्ने विचार गरिन् । यत्तिकैमा उनले बाटोमा बाइक रोकेर बसेको मानिस देखेपछि उनले पठाओ हो भनेर सोधिन् । बाइकवालाले हो भनेपछि गंगालाल अस्पताल जान अनुरोध गरिन् । त्यसपछि ती राइडरले निकै तीव्र गतिमा बाइक कुदाएपछि दुर्घटनाको त्रासले विस्तारै चलाउन आग्रह गरिन् । तर चालकले आफ्नो गति कायमै राखे । उनले ‘म तपाईंसँग जान्न, बाइक रोकिदिनुस्’ भन्दा पनि नमानेको उनले बताइन् । अस्पताल बाहिर पुगेर पैसा तिर्न खोज्दा ‘आपत्मा आफूले चाँडै ल्याइदिएको’ दाबी गर्दै ५०० रुपैयाँ असुलेको उनको गुनासो छ । पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असीममान सिंह बस्नेत यस्तै सुरक्षा एवं जोखिम बढ्ने भएकाले राइडर र यात्रु दुवैलाई अफलाइन सेवा नदिन/नलिन सुझाउँछन् । ‘राइडरले एप बन्द गरेर चलाएपछि ऊ कहाँ गयो, के गर्‍यो भन्ने हामीलाई थाहा हुँदैन । त्यसैले त्यसबेला ऊ हाम्रो कर्मचारी होइन,’ उनले भने, ‘त्यस्तो बेला दुर्घटना भएमा हामी त्यसको जिम्मेवारी लिन सक्दैनौं । त्यसैले यात्रुले पनि सस्तोमा जान पाइने वा हतार छ भन्दैमा अफलाइन चढ्नु हुँदैन ।’ चोकचोकमा बसेर अफलाइन कन्ट्याक्टमा चलाउने राइडरलाई आफूहरूले कारबाही गर्न सक्ने व्यवस्था नभएकाले त्यसको नियन्त्रणका लागि राज्यस्तरबाटै कानून बन्नुपर्ने उनको भनाइ छ । अनलाइन सेवा लिँदा दुर्घटनामा परेमा १ लाख रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा ५ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था रहेको उनले बताए । दिउँसोभन्दा पनि साँझ तथा रातिको समयमा सुन्धारा, त्रिपुरेश्वर, चाबहिल, गोंगबु बसपार्क, कोटेश्वर चोक, कलंकी, बल्खु चोक लगायत मानिसको बढी भीडभाड र आवतजावत हुने स्थानमा अफलाइनमा जाने राइडर तथा यात्रु धेरै हुने गरेका छन् । राइडरले यात्रुलाई अफलाइन माध्यमबाट गन्तव्यमा पुर्‍याएबापत सम्बन्धित कम्पनीमा कमिशन बुझाउनु नपर्ने हुँदा यस्तो कार्य बढेको बताइन्छ । ‘हामीले यात्रुलाई गन्तव्यमा पुर्‍याएपछि बुझाउनुपर्ने कमिशनबापतको रकम बुझाउनु नपर्ने भएपछि अफलाइनमै यात्रु बोक्ने काम गरिन्छ,’ आफ्नो परिचय खुलाउन नचाहने एक पठाओ चालकले भने । राइड शेयरिङ सेवा दिएबात पठाओले २० प्रतिशत, टुटल र लुजुमले १० प्रतिशत कमिशन लिन्छन् भने इनड्राइभरले कशिसन लिँदैन । कीर्तिपुर बस्दै आएका रवीन्द्र रायमाझी यात्रा गर्दा प्रायःजसो पठाओ चढ्ने गर्छन् । धेरैजसो उनी अनलाइन कन्ट्याक्टबाटै पठाओ बुकिङ गरेर चढ्छन् । तर कहिलेकाहीँ हतारमा हिँड्दै गर्दा जहाँ पठाओ भेट्यो, त्यहीँबाट अफलाइनमै चढ्ने गरेको अनुभव उनले सुनाए । यसरी चढ्दा सुरक्षा जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ हतार हुँदा चढ्नैपर्ने अवस्था आउने उनले बताए । कहिलेकाहीँ आफूसँग कम पैसा हुँदा बार्गेनिङ गरेर जान पाइने र सजिलोले पनि अफलाइन सेवा लिन गरेको उनको भनाइ छ । टुटल, पठाओ जस्ता राइड शेयरिङ कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर चलेका भए पनि सरकारले यस्ता कम्पनीको सेवा बन्द गर्ने चेतावनी दिँदै आएको छ । यातायात व्यवस्था ऐनको दफा ८ (१) मा निजी सवारीसाधन सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न नपाइने व्यवस्था छ । सोही ऐनकै दफा १२ ले कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ, जसले गर्दा यातायात व्यवस्था विभागले समेत यस्तो कार्यलाई अवैध भन्दै आएको छ ।

ट्याक्सीले लिने ‘डेढी’कै शैलीमा चर्को शुल्क अशुल्दै पठाओ

राइड सेयरिङ कम्पनी पठाओ नेपालले उपभोक्तालाई अतिरिक्त शुल्को भार बोकाएको फेला परेको छ । यसअघि कोरोनाको समयमा ‘राइडर’बाट पीपीई सेटको नाममा एक जना बराबर २ हजार रुपैयाँ उठाएर पछि फिर्ता नदिएको पठोआले अहिले अतिरिक्त शुल्क (सर्ज चार्ज)को नाममा उपभोक्ता ठगी गर्दै आएको गुनासो सार्वजनिक भएको छ ।बिहान कार्यालय समय र साँझ कार्यालय छुट्टि हुने समयमा पठाओले अतिरिक्त शुल्क बढी लिने गरेको छ । सर्ज चार्जको नाममा उपभोक्ताबाट बढी शुल्क अशुलेर ट्याक्सीकै सहर मूल्य पुर्याउने गरी पठाओले उपभोक्ता ठगी रहेको गुनासो पछिल्लो समय बढ्न थालेको छ ।राइडर भन्छन्, ‘हामीलाई नै जानकारी छैन’सेवाग्राहीले बाध्य भएर ‘रिक्वेष्ट’ पठाउने र बाईक वा स्कुटर चढिसकेपछि पठाओले किन भाडा बढाएछ भनेर आफूहरुलाई सोध्ने गरिएको राइडर बताउँछन् । तर, किन र कसरी भाडा बढ्यो भन्ने जानकारी कम्पनीले आफूहरुलाई पनि नदिएको पठाओ राइडर निराजन श्रेष्ठ बताउँछन् ।राइडहरुलाई मात्रै नभई, प्रयोगकर्तालाई विभिन्न माध्यमबाट पूर्व सूचना दिन सकिने भएपनि कम्पनीले यसो गरेको छैन । कति यात्रा गर्दा सर्ज चार्ज कति ? सर्ज चार्ज निर्धारणका आधार के हुन् ? लगायतका विषयमा पठाओले कहीँ कतै कुनै जानकारी राखेको छैन ।आफ्नै पेजबाट वा निरन्तर पठाईरहने ‘नोटिफिकेशन वा म्यासेज’बाट प्रयोगकर्तालाई यस विषयमा सूचना दिन सक्ने भएपनि अहिलेसम्म आफूले कुनै सूचना नपाएको तर, प्रयोग गर्ने बेलामा यसअघि आफूले तिर्दै आएको भन्दा ३० देखि ४० प्रतिशतसम्म अतिरिक्त शुल्क तिर्नुपरेको उपभोक्ता सुरज पाठकको गुनासो छ ।के भन्छ पठाओ ?पठाओ कम्पनी भने यो अभ्यास संसारभरी भएको दाबी गर्छ । पठाओ नेपालका ‘कन्ट्री डाइरेक्टर’ अशिममान सिंह बस्नेत सर्ज चार्जको अभ्यास संसारभरी नै रहेको र नेपालमा पनि पठाओले सुरुदेखि नै यो ‘अप्सन’ राखेको बताउँछन् ।‘यो विश्वव्यापी अभ्यास हो, माग बढ्दा र आपूर्ति कम हुँदा मूल्य बढेजस्तै माग धेरै हुँदा सर्ज चार्ज लाग्छ’ बस्नेत भन्छन्, ‘यदि तपाईलाई १०÷२० मिनेट ढिला गरी गन्तव्यमा पुग्दा पनि हुन्छ भने त्यो समयमा यात्रा नगर्न सकिन्छ, बुक कम हुँदै गएपछि सर्ज चार्ज आफैँ घट्दै जान्छ ।’‘२०१८ देखि नै यो सिस्टम छ, लन्च गर्दैदेखिको सिस्टम हो, तर २०१९ बाट हामीले डाइनामिक सर्ज चार्जको सिस्टम सुरु गरेका हौँ’ बस्नेछ थप्छन्, ‘२० देखि २५ प्रतिशत मात्रै बढ्ने बनाएका छौँ, उदाहरणको लागि टोखाको ग्राण्डी छेउतिरबाट १० जनाले रिक्वेष्ट गर्नुभयो भने त्यहाँ पठाओ राइडर उपलब्ध नहुन सक्छन्, तल सामाखुशी तिरबाट हेर्दा सर्ज लागेको रहेछ भनेर त्यहाँ पुगेर पनि राइडरले सेवा दिन्छन् । त्यसैले पीक आवरमा र टाढाबाट पुगेर पनि उपभोक्ताले सेवा पाउन सक्नुहोस् भनेर नै यो सिस्टम ल्याएका हौँ ।’‘सर्ज लाग्दा कमिशन घट्छ’अहिले ‘नर्मल’ समयमा राइडरहरुले २० प्रतिशत कमिशन पठाओलाई बुझाउँदै आएका छन् । तर, सर्ज लागेको समयमा ‘बुस्ट अपसन’ राखेकाले राइडरले तिर्ने कमिशन २० प्रतिशतबाट घट्दो क्रममा हुने व्यवस्था मिलाईएको पठाओ नेपालका कन्ट्री डाइरेक्टर अशिममान सिंह बस्नेतको भनाई छ ।‘हामीले लिने कमिशन २० प्रतिशत हो, तर सर्ज लागेको समयमा शून्य प्रतिशतसम्म पनि झर्न सक्ने गरी सिस्टम नै बनाएका छौँ’ उनी भन्छन्, ‘कमिशन पनि थपघट हुन्छ, थपघट भनेर २० प्रतिशतबाट माथि जाँदैन । जस्तो नर्मल टाइममा १ सय रुपैयाँको राइड गर्दा राइडरले कम्पनीलाई २० रुपैयाँ तिर्छन्, र आफूले ८० रुपैयाँ मात्रै कमाउँछन् । तर सर्ज लागेको समयमा त्यो चार्ज सयबाट ११० रुपैयाँ पुग्यो भने राइडरले ९५ रुपैयाँ पाउँछन् ।’‘प्रति किलोमिटर १ रुपैयाँ भाडा बढाएका छौँ’पेट्रोलको मूल्य बढेका कारण मूल्य भने बढाईएको कम्पनीले स्वीकार गरेको छ । पठाओ सुरु गर्दा ९७ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको भाउ अहिले ४० प्रतिशत बढिसकेकाले सोही अनुसार भाडा भने बढाईएको बस्नेतको भनाई छ ।‘पेट्रोलको भाउ बढ्नु भनेको त अपरेशन कस्ट बढ्नु हो, अपरेशन कस्ट बढेपछि सर्भिस चार्ज बढ्नु स्वभाविक हो’ उनी भन्छन्, ‘हामीले १ किलोमिटरमा १ रुपैयाँ मात्रै बढाएका छौँ ।’उजुरी आए कारबाही गर्छौः विभागयातायात व्यवस्था विभागले भने सर्ज चार्ज अवैध रहेको बताएको छ । ऐन बन्ने प्रक्रियामा रहेको समयमा आफूखुशी अतिरिक्त शुल्क लिनु गलत भएको भन्दै उजुरी कारबाही गर्ने विभागले जनाएको छ ।‘सेवा दिनु ठिक छ, तर सेवाका नाममा विभिन्न अतिरिक्त शुल्क लिने काम गलत हो’ विभागका एक अधिकारी भन्छन्, ‘आफूखुशी शुल्क तोकेर यति तिर्न सक्ने भए तैले सेवा पाउँछस्, सक्दैनस् भन् पाउँदैनस् भन्ने खालको व्यवस्था स्वीकार्य हुँदैन, उजुरी आए विभागले कारबाही गर्छ ।’