भीमफेदी–कुलेखानी सडक फराकिलो बनाउँदा पनि किन भयो बस दुर्घटना ?

मकवानपुर - वाग्मती प्रदेश सरकारको लगानीमा मकवानपुरको भीमफेदीबाट कुलेखानीसम्मको निकै साँघुरो सडकलाई फराकिलो बनाएर पिच गरिएको छ । पहिलेको भन्दा धेरै ठाउँमा दोब्बर फराकिलो समेत पारिएको छ । तर, हिजाे काठमाण्डाैबाट हेटौँडाका लागि छुटेकाे बस यही सडक खण्डमा दुर्घटनामा पर्याे । ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ७ जनाको ज्यान गयाे । २६ जना घाइते  भए ।  दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मि...