लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । उनी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।नेकपा एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत उनको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको छ । ‘हामीसँगको छलफलपछि नै उहाँले लोसपाबाट राजीनामा दिनुभएको हो,’ स्रोतले भन्यो, ‘एमालेको विधान अधिवेशनकै उद्घाटन सत्रमा उहाँलाई प