एमालेको दसौँ महाधिवेशन मंसिर १०, ११ र १२ मा

काठमाडौँ– नेकपा एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुने भएको छ। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। मंगलबारको बैठकमा यसअघि माधव नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी भएका थिए। बैठकले असोज ५ र ६ गते विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।