नेप्सेको सीईओका लागि ११ जनाले दिए आवेदन

कात्तिक २८, काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा आइतवार अन्तिम दिनसम्ममा ११ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा श्रोतका अनुसार सीईओ पदका लागि आवेदन दिनेहरूमा डा रमेशकुमार भण्डारी, प्रबिन पन्दाक, केशव प्रसाद श्रेष्ठ, बद्री प्याकुरेल, निरन्जन फुयाँल, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोबिन्द दुलाल,छविराज पन्त, रमेश घिमिरे र जीवन अमगाइ रहेका छन्। नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएर बाहिरिएका थिए । उनले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि सरकारले आवेदन खुला गरेको हो । नेप्सेको सीईओ पदका लागि यसअघि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेले पनि आवेदन दिएको पाइएको छ । अर्थ मन्त्रालयले  बजार सञ्चालकको प्रमुख नियुक्तिका लागि छनौट समिति बनाएको छ ।  समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले सीईओ नियुक्ति गर्नेछ । यो पद विशुद्ध राजनीतिक नियुक्तिको पदसमेत भएकाले अहिले आकांक्षीहरु बीच तिव्र रुपमा लबिइङ भइरहेको छ। नेप्सेको प्रमुख बन्नका लागि अहिले ती आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् ।  गत भदौ महीनादेखि  बजार सञ्चालक नेप्से तथा पूँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड प्रमुख विहिन छन् । यो पनि हेर्नुस् : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ? पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो

सम्बन्धित सामग्री

तीन नयाँ ब्रोकर कम्पनीलाई नेप्सेको सदस्यता

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आवेदन दिएका सबै नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्सेले तीन चरणमा गरी १७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको हो ।  नेप्सेले असार २१ र साउन १२ गते ७/७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो । तेस्रो चरणमा तीन ब्रोकर कम्पनी– मेगा स्टक मार्केट लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड र नबिल सेक्युरिटिज लिमिटेडलाई साउन १९ गते सदस्यता दिएको नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले जानकारी दिए ।  उनका अनुसार मेगा स्टक मार्केटलाई ७५, माछापुच्छ्रेलाई ७६ र नबिललाई ७७ नम्बरको सदस्यता दिइएको छ । यिनले साउन १२ गते सदस्यता पाएका सात कम्पनीसँगै नेप्सेमा आवेदन दिएका थिए । आवश्यक कागजात नपुगेकाले ऊबेला यी कम्पनीले सदस्यता नपाएको नेप्सेको भनाइ छ । सँगै आवेदन दिएका सात कम्पनीले सदस्यता पाएको १ सातापछि यी तीन कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरी प्राप्त गरेको दाहालले जानकारी दिए । मेगा स्टक मार्केटले दोस्रो तहको पूर्ण कार्य गर्नेछ । माछापुच्छ्रे सेक्युरिटिजले पहिलो तहको सीमित कार्य गर्नेछ । नबिल सेक्युरिटिजले तेस्रो तहको धितोपत्र व्यापारीको काम गर्नेछ । नबिल सेक्युरिटिज १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर हो । मेगा ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको शेयर खरीदविक्री गर्नेसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी हो । माछापुच्छ्रे  सेक्युरिटिज भने २३ करोड रुपैयाँ चुक्तापूँजी भएको सीमित कार्य गर्ने ब्रोकर कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट हालसम्म २९ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले पहिलो चरणमा सात, दोस्रो चरणमा ११ र तेस्रो चरणमा ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो ।  नेपाल धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका कम्पनीले धितोपत्रको दोस्रो बजार सञ्चालकको समेत सदस्यता लिनुपर्ने व्यवस्थाबमोजिम १७ कम्पनीले नेप्सेको सदस्यता लिएका हुन् । नेपाल धितोपत्र बोर्डबाट हालसम्म २९ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले पहिलो चरणमा सात, दोस्रो चरणमा ११ र तेस्रो चरणमा ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । बोर्डबाट दोस्रो चरणसम्म लाइसेन्स पाएका १८ मध्ये एक कम्पनी केबिएल सेक्युरिटिज लिमिटेड पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा जान चाहेकाले नेप्सेमा सदस्यताका लागि आवेदन दिएको छैन् । बोर्डबाट तेस्रो चरणमा लाइसेन्स पाएका कम्पनीहरूले समेत नेप्सेको सदस्यता लिनुपर्नेछ । बोर्डले साउन ४ गते थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । ती कम्पनीले नेप्सेको सदस्यताका आवेदन दिएको जानकारी आएको छैन ।  बोर्डले पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । धितोपत्र बोर्डले पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरका लागि ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले एक धितोपत्र व्यापारी, एक पूर्ण कार्य गर्ने धितोपत्र दलाल र २७ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स दिएको छ ।  नेप्सेको सदस्यता लिएका ब्रोकर कम्पनीले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले नेप्सेसँग सम्झौता पनि गर्नुपर्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र दिन्छ । नेप्सेको सदस्यता पाएका कम्पनीले सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यता समेत लिनुपर्ने हुन्छ ।

सात नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेको सदस्यता

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सात ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्से सञ्चालक समितिको बैठकले यसअघि आशयपत्र पाएका कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो ।  नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले दिएको जानकारीअनुसार भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई सदस्यता दिइएको हो । यी कम्पनीले जेठ ८ गते नेप्सेबाट आशयपत्र पाएका थिए । आशयपत्र प्राप्त गरी प्राविधिक रूपमा तयारी अवस्थामा रहेका कम्पनीलाई नेप्सेले सदस्यता दिएको हो । वैधानिक रूपमा कारोबार सञ्चालनका लागि योग्य यी कम्पनीहरूले अझै केही काम गर्न बाँकी रहेको पनि दाहालले जानकारी दिए । ‘अब यी कम्पनीले नेप्सेको कारोबार सञ्चालनका लागि आवश्यक सम्झौता गर्नुपर्नेछ,’ दाहालले भने, ‘त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिए नेप्सेले गो लाइभको पत्र दिन्छ ।’ दाहालका अनुसार राफसाफका लागि नयाँ ब्रोकर कम्पनीले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता लिनुपर्छ । असारभित्रै कारोबार शुरू गर्ने तयारीमा जुटेका यी कम्पनीले बाँकी काम सम्पन्न गरी योजनाअनुरूप कारोबार थाल्न सक्ने दाहालले जानकारी दिए । अब बाँकी काम :      नेपाल स्टक एक्सचेन्जसँग सम्झौता     परीक्षणका लागि मक ट्रेडिङ      सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता सातओटै कम्पनी सीमित कार्य गर्ने ब्रोकर हुन् । नेपाल धितोपत्र बोर्डले पूँजीका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स दिएको छ । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर खरीदविक्रीसँगै डिपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायराको दोस्रो तहको ब्रोकरका लागि ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्तापूँजी तोकिएको छ ।  बोर्डले ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सको आशयपत्र दिएकोमा १८ लाई लाइसेन्स दिइसकेको छ । बोर्डबाट लाइसेन्स पाएका १८ कम्पनीमध्ये सातले नेप्सेको सदस्यता पाएका हुन् । थप १० कम्पनीले पनि नेप्सेको सदस्यताका लागि आशयपत्र पाइसकेका छन् । असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १० कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।  बोर्डबाट लाइसेन्स प्राप्त गरेको नयाँ ब्रोकर कम्पनी केविएल सेक्युरिटिज लिमिटेड भने पुरानो ब्रोकर कम्पनीसँग मर्जरमा जान लागेकाले नेप्सेको सदस्यता माग्न गएको छैन । हाल सञ्चालनमा रहेको ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्राइभेट लिमिटेडसँग मर्जरमा जाने तयारी स्वरूप दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डसँग मर्जरका लागि अनुमति मागेका छन् । पूँजीका हिसाबमा बलिया कम्पनी बजारमा भित्रिन लाग्दा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा नियामक निकाय र सरोकारवालाको छ । बोर्डले गत असोज २ देखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

नयाँ स्टक र ब्रोकर लाइसेन्स: सात नयाँ ब्रोकरलाई नेप्सेको आशयपत्र

काठमाडौं  । पहिलो चरणमा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र (लाइसेन्स) लिएका सात नयाँ ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट पनि आशयपत्र पाएका छन् । जेठ २७ गतेको नेप्से सञ्चालक समिति बैठकले ती कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।  नेप्सेको सुपरिवेक्षण विभाग प्रमुख गिरिराज दाहालले कारोबार प्रणालीसम्बन्धी प्राविधिक कुराहरू तयार गर्न निर्देशन दिँदै आशयपत्र प्रदान गरेको बताए । उनका अनुसार आशयपत्र पाउने सात कम्पनीमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेड छन् ।  यी कम्पनीले कारोबार प्रणाली व्यवस्थापनको काम पूरा गरेपछि नेप्सेको सुपरिवेक्षण टोलीले अनुगमन गर्ने र उपयोगी देखिए सदस्यताको लाइसेन्स दिने दाहालको भनाइ छ । सातओटै कम्पनीले नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने जानकारी दिएका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले नेप्सेको निर्देशनबमोजिम आगामी काम पूरा गर्न आशयपत्र प्राप्त गर्ने सबै कम्पनी लागिपरेको बताए ।  धितोपत्र बजारमा सकारात्मक प्रभाव पार्ने गरी नयाँ ब्रोकर कम्पनी भित्रिने तयारी भइरहेको उनले दाबी गरे । अब कारोबार विनियमावलीमा भएको व्यवस्थाबमोजिम आवश्यक काम पूरा गरी असारभित्रै लाइभ कारोबारमा जाने गरी काम अघि बढाउने गिरीले बताए ।  नेप्सेले आशयपत्र प्रदान गरेका सात कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जेठ ८ गते ब्रोकर लाइसेन्स दिने निर्णय गरेको थियो । बोर्डबाट लाइसेन्स पाएपछि ती कम्पनी नेप्सेमा सदस्यताका लागि पुगेका थिए । यी बाहेक थप ११ कम्पनीले ब्रोकर लाइसेन्स पाइसकेका छन् । यिनले पनि नेप्सेको आशयपत्रका लागि आवेदन दिइसकेका छन् । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गरेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि रू. २० करोड, शेयर खरीदविक्रीसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । बोर्डले लाइसेन्स दिएका ४३ कम्पनीमा एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकर छन् ।

नेप्सेको प्राङ्गणमा साँढेको मुर्ति स्थापना गर्ने प्रक्रिया रद्द

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेप्सेको प्राङ्गणमा साँढेको मुर्ति स्थापना गर्ने प्रक्रिया रद्द भएको छ । नेप्सेले आह्वान गरेको टेण्डरमा आवेदन दिएका कम्पनीले आवश्यकता अनुसार मापदण्ड नपुर्याएपछि प्रक्रिया रद्द गरिएको हो ।नेप्सेका अनुसार साँढेको मुर्ति स्थापना गर्नको लागि २ कम्पनीको टेण्डर परेको थियो । तर सार्वजनिक खरिद ऐन, २०६३ को दफा २३ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६० बमोजिम कनूनी ग्राहयता र पूर्णताको परिक्षणमा ति कम्पनी सफल नभएको हुदा सोही ऐनको दफा २६ को उपदफा १ (क) बमोजिम बोलपत्र  रद्ध गरिएको नेप्सेले उल्लेख अग्रेको छ  ।नेप्सेले जेठ ८ गतेदेखि  असार ७ गतेसम्म नेप्सेको प्राङ्गणमा साँढेको मुर्ति स्थापना गर्न इच्छुक र योग्य कम्पनीलाई शिलबन्दी बोलपत्र  पेश गर्न आग्रह गरेको थियो।  नेप्सेले बोलपत्र संगै २ लाख २५ हजार रुपैयाँ धरौटी राख्नु पर्ने जनाएको थियो । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे बनाउनु पर्ने नेप्सेले उल्लेख गरेको थियो । उक्त साँढे पित्तलको हुनु पर्ने नेप्सेले जनाएको थियो ।विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको मुर्ति राख्ने प्रचलन छ। सोहि अनुसार नेप्सेले पनि साँढेको मुर्ति राख्न लागेको हो ।

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौँ– नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन्। माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो। नेप्सेको सीईओका लागि ११ जनाको आवेदन परेकोमा पहिलो चरणमा पाँच जना सर्टलिस्टमा परेका थिए। दोस्रो चरणमा पाँच जनामध्येबाट छनौट समितिले कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको थियो। यसअघि […]

नेप्सेको सीईओमा कार्की नियुक्त

काठमाडौँ । कृष्णबहादुर कार्की नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । छनोट समितिले यस अघि तीन जनाको नाम सर्ट लिस्ट मन्त्रिपरिषदमा पठाएकोमा कार्कीलाई नियुक्त गरिएको हो । ११ जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्ट गरिएको […]

को होला त नेप्सेको सीईओ ? ३ जनाको नाम छनोट

पुस २६, काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि  प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ ।  छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो । पाँच जनामध्ये छनोट समितिले रमेश भण्डारी र कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सिफारिस गरेको हो । उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका थिए । यसअघि ११ जना आवेदकहरुबाट पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो ।  अब तीन जनामध्ये एक जनाको सीईओको लागि अन्तिम नाम छनोट हुनेछ । अब उनीहरुको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ । सरकारले ती मध्ये एक जनालाई आगामी चार वर्षका लागि नेप्सेको सीईओमा नियुक्त गर्नेछ । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएर बाहिरिएका थिए । यो पनि हेर्नुस् : नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को - को परे छनोटमा ? नेप्सेको सीईओका लागि ११ जनाले दिए आवेदन

नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को - को परे छनोटमा ?

पुस २३, काठमाडौं । बजर सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति  प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । सिफारिस समितिले उक्त पदका लागि आवेदन दिएका ११ जनामध्ये मूल्यांकनका आधारमा उत्कृष्ट पाँच जना छनोट गरिएको बताएको छ ।  छनोट भएका उम्मेदवारहरुमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन् । छनोटमा परेका उम्मेदवारहरुका लागि  आगामी आइतवार कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको  स्रोतले बताएको छ । अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा श्रोतका अनुसार सीईओ पदका लागि यसअघि आवेदन दिनेहरूमा डा रमेशकुमार भण्डारी, प्रबिन पन्दाक, केशव प्रसाद श्रेष्ठ, बद्री प्याकुरेल, निरन्जन फुयाँल, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोबिन्द दुलाल,छविराज पन्त, रमेश घिमिरे र जीवन अमगाइ रहेका छन्। नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।  समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।  मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई चार वर्षका लागि सीईओ नियुक्ति  गर्ने छ। बुक विल्डिंग विधिमार्फत प्राथमिक शेयर निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर भित्री कारोबारमार्फत् खरीद गरेको आरोप लागेपछि नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद राजीनामा दिएर बाहिरिएका थिए । उनले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि सरकारले आवेदन खुला गरेको हो । गत भदौ महीनादेखि  बजार सञ्चालक नेप्से तथा पूँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड प्रमुख विहिन छन् ।  नेप्सेको प्रमुख बन्नका लागि अहिले छनौट भएका ती आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् । यो पनि हेर्नुस् : नेप्सेको सीईओका लागि ११ जनाले दिए आवेदन

धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला

सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वको लागि आवेदन खोलेको छ ।पुँजी बजारको नियामक निकाय र बजारको पहिलो नियमनकारी दुवै नेतृत्वविहीन भएको करिब दुई महिनापछि बोर्ड अध्यक्ष र नेप्सेको सिइओ बन्नका लागि अर्थ मन्त्रालयले सूचना निकालेको हो ।सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा बोर्ड अध्यक्ष छनौट समित गठन गरेको […]

सरकारले खुलायो नेप्सेको प्रमुख कार्यकारीको आवेदन

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलाएको छ । एक सूचना जारी गर्दै नेप्सेले खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओको पदपूर्ति प्रक्रिया अगाडी बढाएको हो ।प्रमुख कार्यकारी पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यस्तै, आवेदकले चार्टड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेर पूँजी बजार, उद्योग/वाणिज्य, वित्त, लेखा, कानुन वा व्यवस्थापक