संवैधानिक नियुक्ति लिएकाले वक्तव्य जारी गर्नु गलत : वरिष्ठ अधिवक्ता दाहाल

वरिष्ठ अधिवक्ता हरिहर दाहालले संवैधानिक नियुक्ति लिएकाहरुले वक्तव्य जारी गर्नु गलत भएको जनाएका छन् । नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले संवैधानिक नियुक्ति लिएकाहरुले वक्तव्य जारी गर्नु किमार्थ स्वीकार्य नहुने बताए ।उनले नेपाल बार एशोसिएशनले गर्दै आएको विरोध कार्यक्रमको विपक्षमा उभिएका र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएका कानुन व्यवसायीलाई न्यायालयको मन्दिरले सराप्ने चेतावनीसमेत दिए ।उनले ३ हजारभन्दा बढी कानुन व्यवसायीलाई काठमाडौं