बागमती प्रदेश ट्राफिक प्रहरीले उठायो २१ करोड राजस्व

काठमाडौं । बागमती प्रदेश ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट यस वर्ष उल्लेख्य राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा १० करोड राजस्व असुल गरेको कार्यालयले यस वर्षको यो अवधिसम्म २१ करोड रुपैयाँ राजस्व असुल उपर गरिसकेको छ ।निषेधाज्ञाकै बीच ट्राफिक कार्यालयले उक्त राजस्व संकलन गरेको बागमती ...

सम्बन्धित सामग्री

चेकिङ हुँदै गरेको बसमा ठक्कर खाँदा माइक्रो बसका आठ यात्रु घाइते

काठमाडौं : मुग्लिन-नारायणगढ सडकको रामनगरमा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। चितवनको भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो।दुर्घटनामा परी  चितवन भरतपुर मनपा-११ की ४४ वर्षीया मिना सापकोटा,  भरतपुर-५ का ४० वर्षीय केशर साह,  भरतपुर-२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर-१४ का ५३ वर्षीय हरिराम ढकाल र  ५

मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौंको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ७ घर भइ हाल काठमाडौं बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। बागमती प्रदेश ०२–०३६ प ५१९२ नम्बरको मोटरसाइकल काठमाडौंको भिमसेनस्थानबाट हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्त भएको थियो। वास्तविक […]

लापसे गर्ने चार सवारी चालक पक्राउ

काठमाडौँ- लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बागमती प्रदेश ०१ ००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा […]

ट्राफिक प्रहरीको लापसे चेकिङ: ५ जना मोटरसाइकल चालक नियन्त्रणमा

काठमाडौँ- कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी-साधन चलाउने ५ जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। लु ८२ प ७३ ९६ नम्बरका मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२ -०२४ प ९२ ८३ नम्बरका मोटरसाइकल चालक काठमाडौँकै रामकोट बस्ने २० वर्षीय सन्देश साही, बा ३ प […]

चोरीको मोटरसाइकलसहित १ जना पक्राउ

चोरी भई हराएको मोटरसाइकल सहित काठमाडौँको काठमाडौँ महानगरपालिका २६ शिव मन्दिर नजिकै बाट हिजो १ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौँको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् ।वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई हिजो ट्राफिक प्रहरीले पक्राउ गरेको हो । उक्त NS २०० सिसिको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंको रानीबारीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो ।चोरी भएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बाग

एउटै नम्बरका दुई मोटरसाइकल : सक्कली भेटियो, नक्कली खोज्दै प्रहरी

काठमाडौं : गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ।बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो।तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए।उनले भने,&ls

चोरीको मोटरसाइकलसहित चाेर्ने युवक पक्राउ

काठमाडौं : उपत्यका ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित चोरी गर्ने युवकलाई नियन्त्रणमा लिएको छ।आइतबार नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२ ०१५ प ४४०० नम्बरको सेतो २०० सिसीको चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका ११ घर भई कलंकी बस्ने २३ वर्षका प्रताप तामाङ पक्राउ परेका हुन्।ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीका अनुसार हराएका मोटरसाइकलहरु चोरी कार्यमा संलग्नलाई खोजी गर्ने क्रममा सादा पोशाकमा खटिएका प्रहरी टोलीले ललितपुर महानगरपालिका ५ को महालक्

भक्तपुर र बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : भक्तपुर र बर्दियामा भएको सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।दुर्घटनामा परी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई काठमाडौंको कलंकी बस्दै आएका २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हो। जगातीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०३० प ०१६८ नम्बरको मोटरसाइकललाई प्रदेश नम्बर ३-०१-००३ क ७८५१ नम्बरको टिपरले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।य