मर्जर सम्झौता गरेका कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो संचालक समितिबाट पारित

काठमाडौं। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को सेयर आदानप्रदान अनुपात(स्वाप रेसियो) पारित भएको छ। गत मंसिर १

सम्बन्धित सामग्री

नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन भएको छ  । कम्पनीले साधारणसभा रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  ।कम्पनीको ३.३६६३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १७८.०१ पैसा कायम भएको छ  । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १८४ रुपैयाँ थियो  ।  हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन्  । मर्जर प्रक्रियामा रहेको बैंकको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का छ । कार्तिक १५ गतेसम्म बैंकको शेयर दर्ता किताबमा कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।बैंकले मङ्सिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हालको चुक्ता पूँजी  एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया  नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्तावहरु ।सामान्य प्रस्ताव१. सञ्चालक समितिको पच्चीसौं वार्षिक प्रतिवेदन ।२. आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने सम्बन्धमा ।३. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ६० तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणगर्ने ।४. सञ्चालक समितिले प्रस्ताव गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए बमोजिम चुक्ता पूँजी रू. ११,१३,९६,७८,०१४।- (अक्षरेपी एघार अर्ब तेह करोड छयानब्बे लाख अठहत्तर हजार चौध रूपैया मात्र) को ३.३६६३ प्रतिशतले हुन आउने रू. ३७,५०,००,०००।- (अक्षरेपी सैंतीस करोड पचास लाख मात्र) बराबरको बोनस शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने रू. ८५,०३,६४,५८२।- (अक्षरेपी पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैंया मात्र) नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृति प्रदान गर्ने सम्बन्धमा ।विशेष प्रस्तावहरू:१. आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजी को ३.३६६३ प्रतिशतले हुन आउने रू. ३७,५०,००,०००।- (अक्षरेपी सैंतीस करोड पचास लाख मात्र) बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने । साथै, बोनस शेयर जारी पश्चात कायम हुने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने सम्बन्धमा ।२. बैंकको प्रबन्धपत्रमा देहाय बमोजिम संशोधन गर्ने ।२.१. प्रबन्धपत्रको दफा ५ मा रहेको पूँजीगत संरचनामा देहाय बमोजिम संशोधन गर्ने सम्बन्धमा ।(क) बैंकको अधिकृत पूँजी रू. ११,५१,४६,७८,०१४।- हुनुपर्ने भएकोले सोही बमोजिम संशोधन गर्ने ।(ख) बैंकको तत्काल जारी गर्ने शेयर पूँजी वृद्धि गरी रू. ११,५१,४६,७८,०१४।- पुग्ने भएकोले सोही बमोजिम संशोधन गर्ने ।(ग) बैंकको चुक्ता पूँजी वृद्धि गरी रू. ११,५१,४६,७८,०१४।- पुग्ने भएकोले सोही बमोजिम संशोधन गर्ने ।३. बैंकको प्रबन्धपत्रमा भएका संशोधन सम्बन्धी विशेष प्रस्तावहरु सम्बन्धित नियामक निकायबाट स्वीकृति लिने क्रममा उक्त निकायहरुको निर्देशन अनुसार फेरबदल, परिमार्जन, थपघट गर्नु परेमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।४. बैंकको साधारण सभाले यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने (मर्ज) वा प्राप्ति (एक्वीजिशन) गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सहमति/सम्झौता गर्ने तथा सो सम्बन्धमा प्रचलित कानून, नियम अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरे अनुरुप सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेका कार्य अनुमोदन गर्न, नयाँ मर्जर समिति गठन गर्न, मर्ज वा प्राप्तिको सम्बन्धमा DDA नियुक्त गर्न र निजको पारिश्रमिक तोक्ने लगायतका प्रक्रिया अवलम्वन गरी अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने (मर्ज) वा प्राप्ति (एक्वीजिशन) गर्नको लागि सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।।

एनसीसी र कुमारी बैंक गाभिने

काठमाडौं, असोज ११ । अन्ततः लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ। दुबै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो। एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले दुई बैंकबीच १स्१ स्वाप रेसियो हुने गरी मर्जर […]

एनसीसी र कुमारी बैंक गाभिने

अन्ततः लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ। दुबै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले दुई बैंकबीच १:१ स्वाप रेसियो हुने गरी मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । तर, बैंकको यकिन स्वाप रेसियो भने डीडीएपछि थाहा हुने बताइएको छ।मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल हुने मर्