रंगशालामा भारत भर्सेस पाकिस्तान, तस्बिरहरू हेर्नुहोस्

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले हराएको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औँ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । २३ औँ मिनेटमा भारतका लागि ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन । खेलको इन्जुरी समयमा सोम्मिया गुगुलोथले गोल गर्दै भारतलाई ३-० गोलको जित दिलाइन् । जितसँगै भारतले समूह ‘ए’मा १ खेलबाट ३ अंक जोडेको छ । यता पा