करारका कर्मचारी नहटाउन अदालतको आदेश

नेपालगञ्ज – खजुरा गाउँपालिकाका करार कर्मचारीलाई नहटाउन अदालतले अन्तरिम आदेश दिएको छ। खजुरा गाउँपालिकाका आठ जना कर्मचारीले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय केशवराज जोशी र टंक गुरुङको इजलासले करार कर्मचारीलाई पूर्ववत् काममा लगाउन आदेश दिएको हो। खजुरा गाउँपालिकाले वर्षौँदेखि करारमा रहेकासहित ६० जना कर्मचारीको म्याद नथप्ने निर्णय गरेको […]