निगम र आईओसी बीचको सम्झौता सकिंदै, नेपालले अन्य देश र कम्पनीबाट इन्धन ल्याउन सक्ला ?

चैत ८, काठमाडौं । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन (आईओसी) बीचको सम्झौता यसै महीना सकिदै छ । सम्झौता नविकरणको लागि भारतीय टोली काठमाडौं आइसकेको छ । सन २०१७ मा गरिएको सम्झौता सकिएपछि नेपालले आईओसी मात्रै नभएर अन्य भारतीय कम्पनी र अन्य देशबाट समेत इन्धन ल्याउन पाउने गरि सम्झौता पुनरावलोकनसहित नविकरणको प्रस्ताव गर्न सक्छ । तर नेपालले भने पुरानै सम्झौतालाई हुबहु नविकरण गर्ने तयारी गरिरहेको निगमको भनाइ छ । निरन्तर घाटामा रहेको निगमले आईओसीलाई तिर्ने कमिशन केही प्रतिशत मात्रै कम गर्न सकेमा पनि ठूलो राहत हुने देखिन्छ । निगमले कर्मचारीहरूको पोशाक भत्ता र व्यवसायीहरूले पाउने कमिशनमा कटौती गरेर खर्च घटाउने रणनीति लिइसकेको छ । यहि बेला आईओसीसँग सम्झौता नविकरण गर्ने अवसर आएकोले उसले पाउने कमिशन कम गर्न आग्रह गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।   साढे ५ अर्ब रुपैयाँभन्दा बढी रकम कमिशन मात्रै भुक्तानी निगमले चालू आर्थिक वर्षको फेब्रुअरीसम्म ५ अर्ब ५३ करोड रुपैयाँ कमिशन आईओसीलाई तिरेको  छ । यो अवधिमा १ खर्ब ५८ अर्ब रुपैयाँ कमिशनसहित आईओसीलाई भुक्तानी गरिएको निगमले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा आईओसीलाई कुल १ खर्ब ५९ अर्ब रुपैयाँ भुक्तानी गरेको निगमले सर्भिस चार्जका नाममा  ५ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो । निगम र आईओसी बीच सन् २०१७ मा भएको सम्झौता अनुसार निगमले आईओसीबाट मात्रै इन्धन खरिद गर्दै आएको छ । संयुक्त अरब इमिरट्स (दुबै) बाट तयारी इन्धन आयात गरी नेपाललाई बेच्दै आएको आईओसीले साढे ३ प्रतिशत सर्भिस चार्जका नाममा कमिशन लिने गरेको छ ।  मार्चभित्र सम्झौता पुनरावलोकन सन २०१७ मा गरिएको सम्झौता यसै महीना सकिने हुँदा नेपाल आइल निगम र आईओसीले चाहेमा सम्झौता पुनरावलोकनसहित नविकरण गर्न सक्ने अवसर छ । निगमले फागुन महीनसम्म आफ्नो घाटा २८ अर्ब रुपैयाँ पुगेको जानकारी यसअघि नै गराइसकेको छ । यस्तो अवस्थामा आईओसीले लिँदै आएको सर्भिस चार्जमा पनि कटौतीका लागि प्रस्ताव गर्नसक्ने विकल्पसँगै अवसर समेत निगमलाई रहेको छ । पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधान आईओसी र निगमबीच हुन लागेको नयाँ सम्झौताका क्रममा कमिशन कटौतीको प्रस्ताव गर्नसक्ने विकल्प निगमसँग रहेको बताउँछन् ।विक्रेताको कमिशन आफूहरुलाई जानकारी नगराईकनै कतौटी गरेकोप्रति आक्रोसित प्रधान आईओसीले लिने कमिशन कटौतीका बारेमा प्रस्ताव गर्नसक्ने क्षमता निगमसँग नरहेको बताउँछन् ।   आईओसी मात्रै नभएर अन्य देश र कम्पनीबाट पनि इन्धन खरीद सम्झौता गर्न सक्ला ? यसअघि सन् २०१७ अप्रिलमा ५ वर्षका लागि इन्धन कारोबार गर्नेगरी निगम र आईओसीबीच सम्झौता भएको थियो । सो सम्झौता यही मार्च मसान्तदेखि सकिँदै छ । सम्झौता नविकरण गर्नका लागि छलफल गर्न आईओसीको ६ सदस्सीय टोली नेपाल आएको छ । मंगलवारदेखि बिहीवारसम्म निगम र आईओसीका प्रतिनिधि बीच छलफल हुनेछ । त्यसपछि मात्रै सम्झौता हुने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । उनका अनुसार निगम र आइओसी बीच करीब - करीब पुरानै सम्झौतालाई निरन्तरता दिनेगरी सम्झौता नविकरण गर्ने तयारी छ । कमिशन कटौतीको विषयमा छलफल गर्ने सम्बन्धमा निगमले तयारी गरी नसकेको प्रवक्ता उपाध्यायको भनाइ छ । ‘निगम सञ्चालक समितिले गरेको निर्णय अनुसार पोशाक संरक्षण खर्च र विक्रेताले प्रतिशतमा पाउँदै आएको कमिश कतौटी गरिएको हो।’ उनले भने । गत आर्थिक वर्षको तुलनामा यस वर्ष इन्धनको मूल्य बढेको र निगम धरासयी बन्दै गएको अवस्थामा कमिशन कटौतीका लागि प्रस्ताव गर्ने अवसर सम्झौता नविकरणका अवसरमा हुनसक्छ ।  यद्यपि आइओसी कमिशन कटौतीमा सहमत नहुनपनि सक्छ । कोरोना महामारी लगायतका बेला समेत नेपाललाई निरन्तर इन्धन आपूर्ति गराउँदै आएकाले आईओसीसँग कमिशन कटौतीका विषयमा प्रस्ताव गर्नै कठिन हुने निगम सम्बद्ध अधिकारीहरुको भनाई छ । अहिले सकिएको सम्झौतापछि आईओसीसँग मात्रै नभएर भारतमै रहेका अन्य इन्धन कारोबार गर्ने संस्थाहरुसँग तथा अन्य मुलुकसँग पनि इन्धन आपूर्तिका विषयमा सम्झौता गर्नसक्ने विकल्प पनि नेपाल आयल निगमसँग रहेको छ ।

सम्बन्धित सामग्री

८९ रुपैयाँमा किनेको पेट्रोल १८१ मा बेच्छ आयल निगम, किन घटाउँदैन मूल्य ?

२५ मंसिर, काठमाडौं । १५ मंसिरमा भारतीय आयल कर्पोरेसन (आईओसी) को नयाँ मूल्यअनुसार नेपाल आयल निगमले एक लिटर पेट्रोल जम्मा ८९ रुपैयाँ ७१ पैसामा किन्छ । तर नेपालमा बिक्री मूल्य १८१ रुपैयाँ छ । यस्तै प्रतिलिटर ११९ रुपैयाँमा किनेको डिजेल १७८ रुपैयाँमा र ११२ रुपैयाँ ९७ पैसामा किनेको हवाई इन्धन १९० रुपैयाँमा बिक्री गरिरहेको छ […]

भारतबाट भाउ घटेर आयो इन्धन, आयल निगमले तत्काल नघटाउने

काठमाडौं : भारतबाट इन्धनको मूल्य घटेर आएको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ। एलपी ग्यास भने ४४ रुपैयाँले बढेर आएको छ।मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ। अब निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपैयाँयाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा भएको छ। यस्तै हवाई इन्धन आन्तरिकमा  ४२ रुपियाँ र

बढेर आयो इन्धनको मूल्य : निगम भन्छ, यसपटक बढाउँदैनौँ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राख्ने जनाएको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेर आएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाइ इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको हो।  डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको निगमले जनाएको छ।आईओसीले प्रत्येक महि

अझै मासिक ६१ करोड घाटामा छौँ : आयल निगम

काठमाण्डाै – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य बढेर आएको भन्दै गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले हिजो डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, हवाइ इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । पेट्रोल अहिले लिटरको १८१ रुपैयाँ, हवाइ इन्...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।निगम स्रोतका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ भने हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ । यस्तै, यस पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेको छ ।यस

इन्धन आयातबाट बाहिरिन खोजेको हो सरकार ? राहतमा ध्यान छैन राजश्वमा केन्द्रित !

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई इन्धन आयातको लागि अपुग रकम ऋण लिनको लागि जमानी बस्न अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भए पनि नेपालमा सेहीअनुसार मूल्य समायोजन नहुँदा चरम घाटामा रहेको निगम इन्धन आयातको रकम भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको...

इन्धन कारोबार सम्झौता नवीकरण, पाइपलाइन विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पेट्रोलियम पदार्थ कारोबारको सम्झौता नवीकरण र पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । पेट्रोलियम पदार्थको कारोबारसम्बन्धी सम्झौता नवीकरण गरिने भएको हो ।प्रत्येक पाँच वर्षमा नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन(आईओसी) बीच इन्धन कारोबार गर्ने सम्झौता हुने गर्छ । सोहीअनुसार सम्झौता नवीकरण गरिने छ । सन् २०१७ मार्चमा भएको सम्झौता […]

इन्धन कारोबार सम्झौता पुरानैलाई निरन्तरता

नेपाल–भारत पेट्रोलियम पदार्थको खरिद सम्झौता नवीकरण पुरानोलाई नै निरन्तरता दिइने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार आगामी ३१ मार्चमा सम्झौता हुँदैछ ।नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले आगामी पाँच वर्षका लागि इन्धन कारोबार सम्झौता गर्दैछन् । सम्झौता पुनरावलोकन गर्नका लागि निगमका उच्च अधिकारी भारत जाँदैछन् । निगमका कार्यकारी निर्देशक […]

भारतसँग इन्धन खरिद सम्झौता नवीकरण गर्न काठमाडौंमा वार्ता सुरु

८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ खरिद सम्झौता नवीकरण गर्न नेपाल र भारतका अधिकारीहरु बीचको तीन दिने वार्ता काठमाडौंमा सुरु भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारी सम्मिलित वार्ता बिहीबारसम्म चल्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । हरेक पाँच–पाँच वर्षमा नवीकरण हुने इन्धन खरिद सम्झौता यसअघि १ अप्रिल […]

किन लागू हुन सकेन इन्धनमा स्वचालित मूल्य प्रणाली

पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार जमाएको नेपाल आयल निगमले इन्डियन आयल कर्पाेरेसन (आईओसी) सँग इन्धन खरिद गरेर नेपालमा बिक्री–वितरण गर्दै आएको छ । ६ वर्षदेखि नाफामा रहेको निगम हाल मासिक १८ अर्ब घाटामा गएको छ । २०६१ सालदेखि २०६८ सम्म मासिक ३६ अर्ब ऋणमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएको र सोअनुसार […]