उम्रिन थाल्यो डुबेको धान

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान असारेराम बडायतको काटिएको दुई बिघाको धान खेतमै डुबेको छ, तर उनले अझै आश मारेका छैनन् । अविरल वर्षाका कारण डुबेको धानमा टुसा उम्रिसके पनि उनी त्यसलाई कसरी भित्र्याउने भन्ने प्रयासमा लागेका छन् ।धानलाई डुबाएको खेतबाट पम्पसेटको सहायताले पानी निकास गराउँदै धान निकाल्ने प्रयासमा लागेका बडायतले भने, ‘सरकार क्षतिको विवरण संकलनमै व्यस्त छ तर किसानको धान अझै पानीमा डुबिरहेको छ, त्यसलाई बाहिर निकाल्नसमेत सहयोग छैन ।’ खेतमै डुबेको धानमा टुसा आइसकेको उनले बताए

सम्बन्धित सामग्री

बाढीमा डुबेको धान खेतमै उम्रिन थाल्यो, किसानलाई परिवार पाल्ने चिन्ता

कैलारी गाउँपालिका–२, बसौटीका फूलपाती चौधरीले दुई बिघामा लगाएको धानबाली भित्र्याउन सकेका छैनन् । अविरल वर्षाले डुबान भएको खेतमा पानी अझै सुकेको छैन । काटेर सुकाउन राखेको धान डुबानमा पर्दा खेतमै उम्रिन थालेको...