संखुवासभामा खोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

काठमाडौं।भोलि टीकाका दिन देशको पश्चिमी भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दसैँ सुरु भएयता जाँडरक्सी खाएर सवारीसाधन चलाउने १३८० जनालाई प्रहरीले कारबाही गरेको छ। संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता भएका छन्। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजको शिक्षण अस्पताल पुगेका आफन्तले तोडफोड गरेका छन्। साउदीले नवौँ शीतकालीन एसियन खेलकुद आयोजना गर्ने भएको छ।

सम्बन्धित सामग्री

संखुवासभामा खोलामा नुहाउन गएका बाबु-छोरा ६ दिनदेखि बेपत्ता

संखुवासभा । संखुवासभाकाे खाँदबारी नगरपालिका-९ स्थित सभाखोलामा नुहाउन गएका बाबु र छोरा ६ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी ७ का करिब ४० वर्षीय तारनाथ काफ्ले र उनका १५ वर्षीय छोरा सनम काफ्ले रहेकाे प्रहरीले जनाएको हाे । खाँदबारी-७ घर भएका बाबु र छोरा यहि असोज १७ गते सोमबार निजी गाडी लिएर दिउँसो […]