जीतपुरसिमरा उपमहानगर प्रमुखमा काँग्रेसमै आधा दर्जन आकांक्षी

स्थानीय तहको आसन्न निर्वाचनका लागि जीतपुरसिमरा उपमहानगर प्रमुखका लागि नेपाली काँग्रेसभित्रै करिव आधा दर्जन आकांक्षी देखिएका छन् । पार्टीले उम्मेदवार चयन नगर्दै उनीहरुले खुलेर उपमहानगर प्रमुख पदमा आफ्नो दाबी तथा प्रसारप्रसार सुरु गरेका हुन् । नेपाली काँग्रेसबाट अघिल्लो निर्वाचनमा नगरप्रमुखका उम्मेदवार कृष्णब्रत सिंह, उपप्रमुखकी उम्मेदवार निरु रायमाझी, निवर्तमान नगरसभापति श्यामबाबु गुप्ता र प्रदेशसभा सदस्यमा बारा क्षेत्र नं ४ (क) का उम्मेदवार ओमकृष्ण कार्कीले पनि नगरप्रमुखमा दाबी गरेका छन् । उनीहर