राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– लोक सेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन्। अध्यक्ष रेग्मीले संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

लोक सेवा, प्राकृतिक स्रोत तथा वित्त र भाषा आयोगले बुझाए वार्षिक प्रतिवेदन

काठमाडौं । लोक सेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रपति पौडेललाई नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/८० […]