एमालेमा १५ पदाधिकारी रहने

नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् ।त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित प्रस्ताव अघि सार्दै यो प्रस्ताव अनुमोदन हुने विश्वास पौडेलले लिए । ‘कम्युनिस्ट पार्टीमा पदाधिकारी चयन सजिलो हुँदैन, मैले १३ जनाको पदाधिकारी प्रस्ताव गरेको थिएँ । पदाधिकारी धेरै हुँ