प्रम ओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थाले

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका  प्रश्नको जवाफ दिन थालेका छन् ।बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले ओलीमाथि विभिन्न प्रश्न उठाएका थिए ।ओलीले सो प्रश्नमाथि जवाफ दिन थालेका छन् भने त्यसपछि विश्वासको मतमाथि मतदान हुनेछ ।