नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा ओलीले निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै पुनः अध्यक्ष पद सुरक्षित गर्न सफल भएका हुन् । अध्यक्ष पदको निर्वाचनमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मतमा सीमित भए । यससँगै ओली १ हजार […]
पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता औँल्याएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उपराष्ट्रपति यादवले गोरखापत्र बहसमार्फत नेपालको आर्थिक पुनरुत्थान, लगानीसम्बन्धी बहस, भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधार विकास र […]