३१ सय बढी विदेशीलाई देश निकाला

पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्

सम्बन्धित सामग्री

क्यानडाद्वारा एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला

क्यानडा सरकारले टोरन्टोमा रहेका एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला गरेको छ । देश निकाला गरिएका चिनियाँ कुटनीतिज्ञ चाओ वेईले आफ्नो संसद्का सदस्यलाई धम्की दिने योजनामा संलग्न रहेको क्यानडाको आरोप छ । सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएपछि चीनले हङकङमा चोङ र उहाँका आफन्तलाई उत्पीडन गर्ने प्रयास गरिरहेको समेत आरोप छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले एक विज्ञप्ति निकालेर कुटनीतिज्ञ चाओ वेईको आवश्यकता नरहेको बताउनु भएकाे बीबीसीले जनाएको छ । क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ ...

कुवेतले गर्‍यो ९ हजार विदेशीलाई देश निकाला

दोहा– पछिल्लो तीन महिनाको अवधिमा कुवेतले ९ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा विभिन्न राष्ट्रियता भएका ९ हजार आप्रवासीहरूलाई देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ । देश निकाला गरिएकामध्ये करिब ४ हजार महिला रहेको बताइएको छ । देश निकाला गरिएका मध्य पहिलो स्थानमा भारतीय समुदाय, […]

अमेरिकाद्वारा २८ नेपालीलाई देश निकाला, चार्टड विमानमार्फत फर्कायो

काठमाडौं : अमेरिकाले सन् २०२२ मा  २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ।गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो। देश निकाला गरिएका सातैजनालाई बिना भिसा अमेरिका आएको आधारमा देश निकाला गरिएको थियो। उनीहरु दलाललाई लाखौं रकम बुझाएर बिना भिसा अमेरिकी सीमाक्षेत्रमा पुगेका थिए।तर अमेरिकाबाट २०२२ मा नेपाली देश निकाला भएको यो पहिलो घटना भने होइन। आर्थिक वर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८

कतारले सुरु गर्‍यो विरोधमा उत्रेका श्रमिकलाई देश निकाला गर्न

दोहा । कतारले ज्याला नपाएको भन्दै विरोधमा उत्रेका आप्रवासी कामदारलाई देश निकाला गर्न सुरु गरेको छ । मङ्गलवार कम्तीमा ६० जना कामदारलाई देश निकाला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । देश निकाला गरिएकामध्ये अधिकांश कामदार नेपाली छन् । ज्याला नपाएका श्रमिकहरूले दस दिनअघि निर्माण कम्पनी अल बन्दारी इन्टरनेसनल ग्रुपको दोहास्थित कार्यालयअगाडि विरोध र्‍याली गरेका थिए । तीमध्ये कतिपयले ७ […]

मस्कोले जर्मनीका ४० कुटनीतिज्ञलाई देश निकाला गर्ने

मस्कोले जर्मनीका ४० कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा मस्कोको पछिल्लो कदम आएको हो ।रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रुसमा रहेका जर्मनीका कूटनीतिक संस्थाका ४० जना कर्मचारीलाई नन ग्राटा घोषणा गर्ने जनाएको छ । ‘रूसी कुटनीतिज्ञहरूलाई निष्कासन गर्ने जर्मन सरकारको शत्रुतापूर्ण निर्णयको सम्बन्धमा मस्कोस्थित जर्मन कूटनीत

६ महिनामा १४५ जना विदेशी देश निकाला

छ महिनामा अध्यागमन विभागले १४५ जना विदेशीलाई देश निकाला गरेको छ । नेपालमा अवैधानिक रुपमा बसोबास गरेका र गैरकानूनी कार्यमा संलग्न विभिन्न देशका १४५ जनालाई देश निकाला गरेको गृहमन्त्रालयले जनाएको छ ।  गृहमन्त्रालयले छ महिनाको कार्यसम्पादन अन्तरगत अध्यागमन विभागबाट हुने कामलाई छिटोछरितो गर्न प्रविधिमैत्री स्टिम जेनेरेट क्यूआर कोडसहितको डिजिटल भिषा लागू गरेको जनाएको छ । सेवालाई जनमैत्री, छिटो, छरितो, सुलभ कम खर्चिलो एवंम झन्झट मुक्त बनाउनका लागि विभाग अन्तर्गतका पोखरा र काँकडभिट्टा अध्यागमन कार्यालयहरुलाई थप ...

इथियोपियाद्वारा राष्ट्रसङ्घका सात कर्मचारी देश निकाला

काठमाण्डाै - इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको बीबीसीले जनाएको छ । इथियोपिया सरकारले विज्ञप्तिमार्फत ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए।राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा धेरै प्रच...

इथियोपिया सरकारद्वारा संयुक्त राष्ट्रसंघका ७ कर्मचारी देश निकाला

१५ असोज, काठमाडौं । इथियोपियाले संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई देश निकाला गरेको हो । द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन सरकारले असहयोग गरेको आरोप राष्ट्रसंघका कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन […]

गैरकानुनी कार्यमा संलग्न ३३२ विदेशी देश निकाला

पर्यटकलगायत विभिन्न भिसामा प्रवेश गरी नेपालमा बसेर गैरकानुनी कार्यमा संलग्न भएको पाइएपछि सरकारले ३ सय ३२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ ।सन् २०२० भित्र विभिन्न २० मुलुकमा ती विदेशी नागरिकले भिसामा आएर विभिन्न गैरकानुनी धन्दा गरेको पाइएपछि अध्यागमन विभागले देश निकाला गरेको हो । देश निकाला हुनेमा सुन तस्करीदेखि मानव बेचविखनसम्मका १७ प्रकारका […]

५  महिनामा १०१ विदेशी देश निकाला

२९ पुस, काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ […]