विराट कोहलीले विश्वकपपछि टीट्वेन्टी कप्तानी छाड्ने

भारतीय क्रिकेटर विराट कोहलीले आसन्न विश्वकपपछि टीट्वेन्टी राष्ट्रिय टोलीको कप्तानी छाड्ने भएका छन्। उनी हाल सबै स्वरुपका क्रिकेटमा भारतीय टोलीको कप्तान रहेका छन्। उनले विज्ञप्तिमा लेखेका छन्: ‘म भारतीय क्रिकेट र भारतीय टिमको आफ्नो क्षमताले भ्याएसम्म सेवा गरिरहनेछु।’ टीट्वेन्टी विश्वकप आगामी महिना यूएईमा सुरु हुँदै छ।