एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग

सत्तासाझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।   बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषदको सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले एमसीसी सम्झौतासँगै संसदबाट पारित १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई इजलाशमा उपस्थित हुन सर्वोच्चको पत्राचार

सर्वोच्च अदालतले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई अवहेलना मुद्दामा सशरीर उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतको अवहेलना निवेदन दर्ता शाखाका अनुसार एक साताभित्र प्रधानमन्त्री र महान्यायाधिवक्तालाई उपस्थित हुन सोमवार उनीहरूका नाममा म्याद तामेली गर्न पत्र पठाइएको हो । दैलेखका पत्रकार डेकेन्द्र थापा हत्यासम्बन्धी मुद्दा पुनरावेदन अदालत, सुर्खेतमा विचाराधीन रहेको अवस्थामा हत्या अनुसन्धानमा प्रभाव पारेको भन्दै सर्वोच्चमा परेको प्रधानमन्त्री र महान्यायाधिवक्ताविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले अदालतमा विपक्षी द्वयलाई अदालतमै उपस्थित भई जवाफ दिन आदेश जारी गरेको थियो । आदेशसहित प्रधानमन्त्री र महान्यायाधिवक्तालाई पत्राचार गरिएको छ । सर्वोच्चले पठाएको पत्र बुझेको मितिले ७ दिनभित्र प्रधानमन्त्री र महान्यायाधिवक्ता अदालतमा उपस्थित हुनुपर्छ ।  वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९

लगानीका लागि सहजीकरण गर्न पत्राचार

दमौली- तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै उर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयलाई पत्राचार गरेको हो । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको हाइड्रोपावर लिमिटेडले १२६ […]

विशेषज्ञ खटाइदिन महालेखालाई पत्राचार

काठमाडौं, जेठ ९ । राजनीतिक दलको लेखापरीक्षण जाँचबुझ गर्न निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाइदिन पत्राचार गरेको छ। राजनीतिक दलले बुझाएको आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले विशेष कर्मचारीबाट लेखापरीक्षण गराउने निर्णय गरेको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले महालेखा परीक्षकको कार्यालयलाई पाँच जना विशेषज्ञ कर्मचारी पठाइदिन अनुरोधसहित पत्राचार गरेको […]

साउनभित्रै सिंहदरबारका क्यान्टिनबाट ग्याँस सिलिन्डर हटाउन पत्राचार

३१ असार, काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ । बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी […]

एसपीपीमा सहभागी नहुने विषयमा पत्राचार भईनसकेको परराष्ट्रको भनाइ

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्राचार भईनसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भइरहेको बताइन् । ‘पहिले हामीबाट पत्राचार भएको होइन । यस बारेमा अध्ययन भइरहेको छ। उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौँ, ढुक्क हुनुहोस्, […]

एसपीपी बारे सेनाले सोझै पत्राचार गरेको देखियो : पुन

काठमाडौँ । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सोझै पत्राचार गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गरेकोमा आपत्ति जनाएका हुन् । मदन भण्डारी […]

अख्तियारबाट ४ जनप्रतिनिधिलाई निलम्वन गर्न निर्वाचन आयोगलाई पत्राचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई निलम्वन गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । अख्तियारले उनीहरु भ्रष्टाचार तथा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै निलम्वनका लागि पत्राचार गरेको हो । यसरी पत्राचार गरिएकाहरुमा कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, सोहि गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष नन्दराम गिरी, नुवाकोटको बिदुर नगरपालिका […]

रुससँग कोभिड-१९ खोपका लागि पत्राचार

नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ।...

स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार

कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा थपसजगता र निगरानी बढाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेको शाखाका अधिकृत महेश्वरकुमार दाहालले जानकारी दिए  ।भारत र कतिपय युरोपेली मुलुकहरुमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेको र त्यसको असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गराउनुपर्ने खा