विमला वली र अजय शाहीलाई कार्वाही नगरेसम्म संसद चल्न नदिने लुम्बिनी एमालेको चेतावनी

  बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सांसदहरू अजय शाही र विमला कुमारी वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ । एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । तर, आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए । दुवै सांसद […] The post विमला वली र अजय शाहीलाई कार्वाही नगरेसम्म संसद चल्न नदिने लुम्बिनी एमालेको चेतावनी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं : लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा मुख्यमन्त्री केसीले ४२ सांसदले मत पाएका हुन्। सभामुखसहित ४३ जना उपस्थित भएको बैठकमा १ जना तटस्थ बसेका थिए। एमालेले अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहेपछि बैठक बहिस्कार गरेको थियो। लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन्। एमाले ३८ जना छन्। ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत आवश्यक पर्थ्यो।लुम्ब

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन ।  आजको बैठक एमालेले भने बहिष्कार गरेको  छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । सभामुख पूर्...

मुख्यमन्त्रीले विश्वासको मत लिने लुम्बिनी प्रदेशसभा बैठक शुरू

लुम्बिनी प्रदेश सभाको बैठक पुनः शुरू भएको छ ।  आधा घण्टाका लागि स्थगित गरिएको बैठक भर्खर शुरू भएको छ । बैठकमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । बैठक शुरू भए पनि प्रतिपक्ष दल एमाले बैठकमा सहभागी छैन । सूर्य चिह्नबाट निर्वाचित सांसदहरू अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा बैठकमा एमाले सांसदको नाराबाजी, बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध बनाएको हो। बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्न थालेपछि बैठक आजै दिउँसो साढे २ बस्ने गरी स्थगित गरिएको छ। सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो। एमाले संसदीय दलको नेता भविश्वर ढकालले आइतबार

लुम्बिनी प्रदेश सभाको बैठक एमालेले चल्न दिएन, सभा हलमा चर्को नाराबाजी

काठमाण्डाै – सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त नगरेको भन्दै एमालेले लुम्बिनी प्रदेश सभाको बैठक चल्न दिएको छैन । शाही र वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरेको र सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् । एमालेका सांसदहरूले सभामुखले स्वेच्छाचारी काम गरिरहेको भन्दै चर्को नाराबाजी गरिरहेका छन् । सांसद विमला वली र अजय शाहीलाई एमालेले आफ्ना सांसद भन्दै आएको छ भने विमला वलीले आफू माओवादीको सदस्य रहेको बताउनुभएको...

एमालेले लुम्बिनीको संसद् चल्न नदिने

नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ ।एमालेले कारबाही गरेका २ सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाए पनि प्रदेशसभाले पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आक्रोशपूर्ण खण्डन गर्दै सभामुखलाई ठेगान लगाउने चेतावनी दिएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक […]

एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न मिल्दैन - लुम्बिनी प्रदेश सभा

रुपन्देही – लुम्बिनी प्रदेश सभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त गर्न सचिवालयमा पत्र पठाएकोमा सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।प्रदेश सभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेश सभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भए पनि उनीहरूले भर्ने अनु...

लुम्बिनी एमालेले उठायो सभामुख घर्तीको भूमिकामाथि प्रश्न

बुटवल- नेकपा एमाले लुम्बिनीले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामा प्रश्न उठाएको छ। एमालेले कारबाही गरेका दुई सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आपत्ति जनाएको हो। एमालेले पत्रकार सम्मेलन गरी सभामुखले आफ्नो क्षेत्रअधिकारभित्र नपर्ने विषयमा चासो दिएको बताएको हो। एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको […]

विमला वली र अजय शाहीलाई पदमुक्त गर्न एमालेले सभामुखलाई बुझायो पत्र

न्युज अफ नेपाल, रुपन्देही ।  प्रदेश सरकारमा बिना विभागीय मन्त्री अजय शाही र सांसद् विमला वली खत्रीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ । एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला वलीले पार्टीको विधान र संसदीय दलको विधान नियमविपरीत र पार्टीको निर्देशनविपरीत […]