आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ मस्र्याङ्दी आहा ! रारा गोल्डकपको फाइनलमा

नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा ! रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँगको भेट पक्का गरेको हो । एपिएफले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो । नियमित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा समेत दुवै टोलीबाट गोल हुन...