एक हजार सामुदायिक विद्यालय बाढी पहिरोको जोखिममा

काठमाडौं : यस वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको छ। यहाँ जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो। तर, जल तथा मौसम पूर्वानुमान महाशाखाले सरदर मिति भन्दा अगाडि अर्थात् गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको जनाएको छ।अहिले पनि विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। बाढी पहिरोको प्रकोप छ। मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने जनाएको छ। त्यसो त यही कारण देशभरका करिब एक हजार सामुदायिक विद्यालय बाढी पहिरोको जोखिममा परेका छन्। राष्ट्रिय विपद् जोखिम न्