लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

आफूबिरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सुरु हुनुअघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले दिनुभएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको छ । प्रमुख शेरचनले मौजुदा मन्त्रिपरिषद्लाई अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नै कार्यभार बहन गर्न समेत तोक्नुभएको छ । १९ वैशाखमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेलले …