आर्थिक वर्ष २०७८–०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।एमाले संसदीय दलका नेता गुलाबजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग गरेका थिए । ‘विधिवत रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो’ उनले भने, ‘मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुन सक्दैन ।’प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मुल दस्तावेजमा मन्त्री