भोटेकोशी बाढीपछि जलवायु न्यायको पेचिलो प्रश्न

काठमाडौँ, २० असोज (रासस) । गत भदौ १० नेपालको इतिहासमा पीडादायी दिनका रूपमा अङ्कित भएको छ । भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र त्यससँग जोडिएको हिमपहिरो/हिमनदीजन्य घटनाले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्रारम्भिक आँकलनअनुसार प्रभावित क्षेत्रमा करिब २२ लाख टन मलबा (गेग्रान) […]