काठमाडौंं । नेकपा (एमाले) का केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा धारणा राखेका छन् ।
बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।