श्रीभगवती शीर्षस्थानमा

श्री भगवती क्लब शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान ललितपुरमा शनिबार भएको खेलमा श्री भगवतीले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हरायो । लिगमा चर्च ब्वाइजले पहिलो हार खेपेको छ ।