विराटनगर भित्रियो युरियाको झोल मल

किसानले रासायनिक मल नपाएर हैरान बेहोर्नु परेका बेला भारतबाट निजी क्षेत्रले युरियाको झोल मल विराटनगर भित्र्याएको छ। भारतबाट आयात गरिएको मल प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सोमबार सार्वजनिक गरे।...

सम्बन्धित सामग्री

गाउँमा चुनाव : किसानलाई मलको चिन्ता, नेतालाई मतको

२५ कात्तिक, विराटनगर । रंगेली नगरपालिका– ५ का अशोक मण्डलको घर भारतीय सीमा क्षेत्र नजिकै पर्छ । दशगजा छेउमै खेती गर्ने उनले धानबालीमा चाहिएको बेला रसायनिक मल हाल्न ठूलो संघर्ष गर्नुपर्‍यो । नेपालमा मल नपाएपछि भारतबाट महँगोमा ल्याएको मल हालेर फलाएको धान भित्र्याउँदै छन् उनी । तर पनि उनलाई मल अभावकै चिनल सताइरहेको छ । […]

प्रदेश १ को एक मात्र जैविक मल उद्योग बन्द हुने अवस्थामा

विराटनगर । पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । पाँच बर्ष अघि मोरङको पथरीशनिश्चरेमा तत्कालीन प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश १ को एक मात्र जैविक मल उद्योग घाटामा गएका कारण बन्द हुने अवस्थामा पुगेको हो । तीन करोड ५० लाख रुपैयाँको […]

मोरङमा मलको हाहाकार, धानमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्तामा किसान

विराटनगर । सरकारले समयमै आपूर्ति नगर्दा मोरङमा रासायनिक मलको हाहाकार भएको छ । किसानले धानबालीमा अहिलेसम्म मल हाल्न पाएका छैनन् । पर्याप्त मल नआएकाले बितरणमा समेत समस्या भएको छ । मल हाल्न नपाउँदा धालबाली बिग्रन थालेको मोरङका किसानको गुनासो छ । मोरङ बुढी गंगा –४ का किसान देवी उप्रेतिले मल अभावका कारण बालि बिग्रन थालेको […]

मल आउनै बाँकी : झापामा रोपाइँ सुरु

काठमाडौँ,३१ जेठ । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं […]

मल आउनै बाँकी छ, झापामा सुरु भइसक्यो रोपाइँ

झापा : मनसुन सक्रिय भएसँगै झापामा धान रोपाइँ सुरु भएको छ। रोपाइँसँगै किसानलाई चाहिने डीएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्ट ड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ। कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डीएपी मल विराटनगरबाट आउने बताए। उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट…

मल आउनै बाँकी, झापामा रोपाइँ सुरु

३१ जेठ, झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश […]

दुई महीनादेखि डीएपी मल गोदाममै, मकै किसानले पाएनन् मल

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको गोदाममा ४५ हजार बोरा डीएपी मल थन्किएको २ महीना भएको छ । मकै छर्ने मौसम शुरू भइसक्दा पनि किसानले डीएपी मल पाएका छैनन् । कम्पनीे भने मल विक्रीका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट वितरणको आदेश पर्खेर बसेको छ ।  सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले भन्छन्, ‘मकै छर्नुअघि नै मल पाइएन, गोदाममा थन्क्याएर किसानलाई भारतीय कमसल मल प्रयोग गर्न सरकारले नै बाध्य बनाइरहेको छ ।’ सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । यसका लागि आवश्यक डीएपी मल लिन उनी पटकपटक विराटनगरस्थित कृषि कम्पनीमा धाइरहेका छन् तर मल पाउन सकेका छैनन् ।  उनीहरूको चन्द्रोदय कृषि सहकारी संस्थामा ६८२ किसान आबद्ध छन् । झन्डै १०० हेक्टर जमीनका लागि उनीहरूलाई १०० टन मल चाहिन्छ । तर, कृषि सामग्रीले दामासाहीले वितरण गर्दा जति आउँछ उनीहरू बाँडेर लिन्छन् । अरू चाहिने बाँकी मल पारिबाट चोरी भई भित्रिएको किन्न बाध्य छन् । अहिले खेतमा मकै र उखुका लागि मल चाहिएको छ । तर, कृषि कम्पनीले वितरण गरेको छैन ।  गढी गाउँपालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल हुँदाहुँदै पनि वितरण नहुँदा आश्चर्यमा छन् । उनको त्रिशक्ति कृषि सहकारीमा १०० किसान आबद्ध छन् जसको झन्डै ८ सय हेक्टर जमीन छ । मकै र उखुमा डीएपी हाल्ने समय भइसक्दा पनि मल नपाउँदा उनी निराश छन् ।  कृषि सामग्रीमा मल छ, १र२ सातामा वितरण हुन्छ भन्छन् तर वितरण गर्दैनन् । यसले गर्दा उत्पादन बढेर हुर्की जाने चिन्ता किसानमा छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले २ हजार २५० टन डीएपी आएको र गोदाममा राखिएको बताए । उनले किसानलाई प्रतिबोरा २२ सयमा विक्री गर्ने गरी मल आए पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट आदेश नआएकाले विक्री गर्न नसकिएको बताए ।  प्रदेश १ को माग झन्डै ७० हजार टन रहे पनि अहिले २ हजार २५० टन मात्र आएको छ । यहीबाट २ नम्बर प्रदेश पनि पठाउनुपर्ने र १ नम्बर प्रदेशका १४ जिल्लामा पनि वितरण गर्नुपर्नेछ । तर, आदेश आएको छैन यस कारण वितरण हुन सकेको छैन । प्रदेश १ को कृषि मन्त्रालयले कुन जिल्लामा कति मल पठाउने भन्नेबारे स्पष्ट पारे पनि माथिको आदेश नआएकाले आफूले वितरण गर्न नसकेको उनले बताए । नेपाल सरकार र भारत सरकार बीच जी टु जी सम्झौता बमोजिमको युरिया मल आए किसानलाई यसपटक राहत हुने उनको भनाइ छ ।

कमसल मल प्रयोग गर्न बाध्य प्रदेश १ का किसान

विराटनगर, मंसिर १२। मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका किसान नीरबहादुर पराजुलीले एक बिघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजी गरेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुश्किलले २५ केजी पाए । ‘मलको आश गर्दागर्दै तोरी छर्ने समय नै बित्न लाग्यो,’ पराजुलीले भने, ‘बल्ल बल्ल पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी […]

२५ हजार मेट्रिक टन चिनियाँ मल नेपाल भित्रिँदै

काठमाडौं : पछिल्लो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल  डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ। चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो।  नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ। वीरगञ्ज, विराटनगर र भैरहवा…

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए । उनका