स्थानीय तहका उपप्रमुखको गुनासो : न्यायिक जिम्मेवारी पायौं, स्रोत साधन पाएनौं

१४ चैत, पोखरा । संघीय समाजवादी फोरमबाट तीरहुत गाउँपालिका उपाध्यक्ष जितेकी तीर्थमाया मण्डल जनप्रतिनिधि बन्नुअघि विभिन्न सामाजिक कार्यमा संलग्न थिइन् । सामाजिक कार्य भएकै कारण जनप्रतिनिधि बनिसकेपछि पनि जनतासँग नजिक हुन त्यति असहज भएन । तर, न्यायिक समितिका संयोजकका रुपमा अनुभव भने नौलो थियो । संविधानले स्थानीय तहका उपप्रमुख/उपाध्यक्षलाई न्यायिक समिति संयोजक हुने व्यवस्था गरेको […]