टरिगाउँ विमानस्थलबाट ‘रिफ्युलर’ लैजान स्थानीयको अवरोध

१५ साउन, काठमाडौं । दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ गाडी अन्यत्र नलैजान स्थानीय वासिन्दाले आग्रह गरेका छन् । टरिगाउँ विमानस्थलमा रहेको ‘रिफ्युलर’ गाडी धनुषा जिल्लामा लैजान लागेपछि स्थानीय वासिन्दा, उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले अवरोध गरेका हुन् । उपमेयर स्यानी चौधरीले जिल्लामा एक पटक ल्याइसकेको ‘रिफ्युलर’ अन्यत्र नलैजान आग्रह गरेको बताइन् […]