फेसबुकमा नयाँ विशेषता थप्ने तयारी

वासिङ्टन । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ ।  अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विशेषताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो ।  पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पन