फर्की आउने आश छैन, ‘गुड बाई’ भन्ने आँट छैन

पत्रकारिता पेशामा रहनुभएका नयाँ पत्रिकाका टेकराज कहिलेकाहीँ समाचारको कामले रातिसम्म घर बाहिरै रहनुहुन्थ्यो । ढिला हुने भएपछि फोन आउँथ्यो– ‘आज अलि ढिला हुन्छ है ।’ अहिले कालिका त्यही  फोनको प्रतीक्षामा बस्नुभएको पनि महिना दिन पुग्न लागिसक्यो ।