नोम पेन्ह। कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि […]
काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एशिया शेयर ऋण’ को कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो । यस योजना […]
काठमाडौं– महानगरपालिकामा बसोबास गर्ने हातमा केही न केही सिप भएका महिलाहरूले अब खाली बस्नु नपर्ने बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महिला उद्यमशीलता सम्बन्धी नीतिगत प्रबन्ध गरिने बताएकी छन् । बिहीबार महानगरपालिकाको सभा कक्षमा सामाजिक विकास विभागले आयोजना गरेको महिला समूह, समिति र सशक्तीकरण विषयक अन्तरक्रियामा उनले यस्तो बताएकी हुन् । उद्यमशीलतासँग सम्बन्धित एक वडा […]
एजेन्सी– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । औद्योगिक शहर फैसलाबादमा स्थानीय समय अनुसार बिहान लगभग ५ः३० मा विस्फोट भएको थियो भने विस्पोटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको प्रहरीलाई उदृत गर्दै, सिन्ह्वाले जनाएको छ […]