सेयर बजार र घरजग्गामा लगानी गर्दा धमाधम ‘डुब्दै’ छन् सहकारी

काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेतका रामबहादुर गौतम अहिले कहाँ छन् कसैलाई पत्तो छैन । किनकी, काठमाडौँ १४ कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनी सम्पर्कबिहीन भएको दुई हप्ता भयो । उक्त सहकारी संस्थामा २ हजार ५ सय बढी बचतकर्ताको ७ अर्ब बढी निक्षेप रकम जम्मा थियो । अब बचतकर्ताको उक्त रकम जोखिममा परेको छ । आफूले राखेको बचत जोखिममा परेपछि बचतकर्ताहरु गत हप्तादेखि सहकारी विभागमा धाईरहेका छन् । हालसम्म १ हजार २ सय बढी बचतकर्ताले विभागमा उजुरी दिईसकेका छन् । यी हुन् २ ‘हाई प्रोफाइल एक्जाम्पल’बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने भएपछि सञ्चालकहरु फरार भएको यो नै पहिलो घटना भने होइन । हालसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको विषयमा सहकारी विभागमा उजुरी परिसकेको छ । देशभर रहेका ३० हजार बढी सहकारीको नियमन गतिलो नहुँदा सहकारीका सञ्चालकले आफूखुशी सेयर बजार र घरजग्गामा लगानी गर्दा सहकारीहरु डुब्ने गरेको देखिएको विभागको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।विशेषगरी ठूला र कहलिएका व्यवसायीले चलाएका सहकारीहरुले घरजग्गामा लगानी गर्दा बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने अवस्थामा पुग्ने गरेका केही उदाहरणहरु छन् । जसको चर्चित उदाहरण हो सिभिल सहकारी । संविधानसभा सदस्यसमेत रहेका सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले चलाएको यो सहकारी खुब चलेको सहकारी थियो । तर, तामाङको महत्वकांक्षाले सहकारी मात्रै डुबेन, तामाङ स्वयम् हाल थुनामा छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७८ असोज ८ गते पक्राउ गरेर उनीविरुद्द ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा चलायो । अदालतले पुर्पक्षको लागि थुनामा पठायो । हाल पनि मुद्दा चलिरहेकै छ । त्यस्तै, बचतकर्ताको रकम दिन नसक्ने गरी टाट पल्टिएको अर्को ‘हाई प्रोफाइल’ व्यक्तिले चलाएको सहकारी हो ओरियन्टल सहकारी । सुधिर बस्नेतले चलाएको यो ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो । तर, २०७६ को फागुनमा सर्वोच्चले ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको नमिलेको भन्दै उक्त सहकारीको दायित्व फरफारक गर्ने दायित्व सञ्चालक सुधिरकै भएको फैसला गरेको थियो । त्यसपछि २०७७ साउनबाट ब्यूँतिएको भएपनि अझैसम्म ओरियन्टल पीडित सबैले पैसा पाईसकेका छैनन् ।किन डुब्छन् सहकारी ?यी दुई ठूला सहकारी डुब्नुमा घरजग्गा कारोबारमा गरिएको लगानी नै मुख्य कारक रहेको पाईन्छ । आफूले गर्दै आएको घरजग्गा तथा अपार्टमेन्ट निर्माणको कामबाट मनग्य आम्दानी हुने भएपछि सिभिलका इच्छाबहादुर र ओरियन्टलका सुधिरले आफूले चलाईरहेको सहकारीमा बचतकर्ताबाट संकलन भएको रकम घरजग्गामै खन्याए ।तर, राष्ट्र बैंकले यस्तो कर्जामा सीमा लगाईदिएपछि इच्छाबहादुर र सुधिरको व्यवसायिक साम्राज्य गर्ल्याम गुर्र्लुम्मै ढल्यो ।‘जतिसक्दो चाँडो धेरै नाफा हुने क्षेत्र खोज्दा अहिले अधिकांश सहकारीले घरजग्गा र सेयर बजारमा लगानी गरेका छन्’,सहकारी विभागका एक अधिकारी भन्छन्, ‘कोरोनाको बेलामा सहकारीहरुले पनि सेयरमा लगानी गरेको पाइएको छ । त्यतिबेला सेयर बढिरह्यो । तर, एक्कासी ह्वात्तै घटेपछि समस्यामा परे । सँगै, घरजग्गामा पनि त्यस्तै भयो । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा कारोबारमा मन्दी आएको छ । त्यसैले सहकारीहरु समस्यामा पर्न थाले ।’गाउँका भन्दा पनि शहरी इलाकाका सहकारीहरुले बचतकर्ताबाट उठाएको पैसा घरजग्गा कारोबारमा लगानी गरेका छन् । यस्ता सहकारीहरु क्रमशः यसैगरी समस्यामा पर्ने विभाग स्रोत बताउँछ ।तर, हालै मात्रै बचतकर्ताको पैसा तिर्न नसकेर फरार भएका गौतमश्रीका अध्यक्ष रामबहादुर गौतमको भने आयात र कृषिबाहेक अन्यत्र के के मा लगानी थियो भन्ने अनुसन्धान भईरहेको छ ।

सम्बन्धित सामग्री

सेयर बजार राताम्मे

हप्ताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज १९‍.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा झरेको छ। आज सबै समूहको सेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत्...

सेयर बजार लगातार ओरालो

सेयर बजार आज बुधबर पनि ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज ९।४१ अंकले घटेर १८५७ विन्दुमा झरेको छ। आज उत्पादन र म्युचल फन्ड समूहको सेयर सामान्य बढे पनि आज...

लगातार तेस्रो दिन सेयर बजार राताम्मे

लगातार तेस्रो दिन सेयर बजार राताम्मे भएकाे छ। आज बिहीबार पनि सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अंकले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ।   आज...

सेयर बजार २३.५२ अंकले घट्यो

सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत) ले घटेको छ। बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ।...

शुक्रबार पनि सेयर बजार खुलाउने तयारी

१६ वैशाख, काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल […]

मंगलबार सेयर बजार पनि बन्द रहने

२३ फागुन, काठमाडौं । भोलि (मंगलबार) सेयर बजार कारोबार पनि बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिदा हुने भएकाले सेयर बजार कारोबार पनि बन्द हुने भएको हो । अब बुधबारमात्रै सेयर बजार खुला हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार बैंक […]

आज पनि घट्यो सेयर बजार

काठमाडौँ– सेयर बजार मंगलबार पनि घटेको छ। मंगलबार सेयर बजार ६.७७ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको छ। ०.२७ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको हो। मंगलबार कारोबार रकम पनि घटेको छ। मंगलबार ५५ लाख ४७ हजार ४ सय ७२ कित्ता […]

ओरालो लाग्दै सेयर बजार

काठमाडौँ– सेयर बजार साताको दोस्रो दिन सोमबार पनि घटेको छ। आज २३.१९ अंकले ओरालो लागेको छ। सेयर बजार २३.१९ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। सेयर बजार ०.८७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको हो। सोमबार […]

आज र भाेली सेयर बजार बन्द हुने

सेयर बजार आइतबार र सोमबार बन्द हुने भएको छ । आज जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द हुने भएकाे हाे भने भोलि सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले दुवै दिन सेयर बजार बन्द हुने भएकाे हाे ।

निषेधाज्ञा भएपनि सेयर बजार बन्द नहुने

यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार  निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन । यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।ढुंगाना भन्छन, ‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा  जानुपर्थ्यो ।  आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्