आईसीसी लिग २ : नेपाल अमेरिकासँग पराजित

अमेरिकामा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा बिहीबार बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । …

सम्बन्धित सामग्री

नेपाली क्रिकेट एक तह माथि पुग्यो : क्यान अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रबार अध्यक्ष चन्दले यस्तो बताएका हुन् । उनले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह […]

आईसीसी लिग २ क्रिकेट : नेपालद्वारा यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईलाई १ सय ७७ रनको विशाल अन्तरले पराजित गरेको छ । यस जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल […]

आईसीसी लिग-२ : पपुवा न्यु गिनीद्वारा यूएई पराजित, नेपाललाई राहत

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी नेपाल, यूएई र पपुवा न्यु गिनी सम्मिलित विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आजको खेलमा पपुवा न्यु गिनी विजयी भएको छ । श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनीले यूएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्यु गिनीसित यूएई घरेलु मैदानमा लगातार पराजित भएको हो । टस जितेर पपुवा न्यु गिनीले फिल्डिङ राजेको थियो । निर्धारित ५० ओभरको खेलमा यूएईले २६ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ९७ रन बनायो । यस्तै ९८ रनको विजय लक्ष्य पपुवा न्यु गिनीले २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।  पपुवा न्यु गिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले दुई विकेट लिए ।  यसअघि ब्याटिङ गर्ने क्रममा यूएईका भृत्य अरविन्दले २६, मुहमद वासिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्यु गिनीका रिले हेकुरेले ५, चाड सोपरले ३ तथा चार्ल्स अमिनीले १ विकेट लिए । योसँगै यूएईले ३१ खेलबाट ३१ अङ्क जोडेको छ । यूएई लिगको पाँचौं स्थानमा कायमै छ । नेपाल लिगको छैटौं स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्यु गिनीले ३२ खेलबाट मात्र ९ अङ्क जोडेको छ । पपुवा न्यु गिनी लिगको पुछारमा छ । श्रृङ्खलाको अन्तिम खेलमा सोमवार नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।  यूएईमा जारी श्रृङ्खला सकिएपछि नेपाल, यूएई र  पपुवा न्यू गिनीबीचको अन्तिम त्रिदेशिय श्रृङ्खला नेपालमा हुने छ । पपुवान्यूगिनीले अब ४ खेल खेल्न बाँकी छ भने नेपाल र यूएईले ५/५ खेल खेल्न बाँकी छ । नेपालले बाँकी सबै खेल जितेमा विश्वकपमा स्थान बनाउने छ भने  ५ मध्ये ३ खेल जितेमा एकदिवशीय मान्यता कायम राख्ने छ । -राससको सहयोगमा

नेपालले टस जितेर फिल्डिङ रोज्यो, ललितको ठाउँमा गुल्सन समावेश

५ फागुन, काठमाडौं । आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । पहिलो खेलको टोलीमा एक परिवर्तन भएको छ । नेपालले स्पिनर ललित राजवंशीको स्थानमा ती्र गतिका बलर गुल्सन झालाई टोलीमा […]

नेपालको बलिङ नचल्दा नामिबियाले दियो २७६ रनको विशाल लक्ष्य

काठमाडौं । नामिबियामा जारी आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियाले नेपाललाई ठूलो लक्ष्य प्रदान गरेको छ । खेलमा टस जितेर बलिङ रोजेको नेपालको बलिङ चल्न नसकेपछि नेपालले २७६ रनको लक्ष्य पाएको हो । खेलमा ५० ओभर नै मैदानमा टिकेको आयोजक नामिबियाले सात विकेट गुमाएर २७५ रन बनाएको हो । ५ दशमलव ५ को […] The post नेपालको बलिङ नचल्दा नामिबियाले दियो २७६ रनको विशाल लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आईसीसी लिग-२ : नेपाल-नामिबिया भिडन्त

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ।आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको खेलमा नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न लागेको हो। यस्तै, एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो। नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर  । नेपाल १६ खेलबाट १५ अंकसहित

आईसीसी लिग-२ मा आज नेपाल र अमेरिका भिड्दै

आईसीसी लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।

आईसीसी लिग-२ : अमेरिकामा नेपाल-ओमान भिडन्त

काठमाडौं :  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।अमेरिकाको ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजेदेखि सुरु हुनेछ। जारी लिगको शीर्ष स्थानमा रहेको ओमानका लागि यो सिरिज अन्तिम हुनेछ। अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानले अहिलेसमम ३३ खेलबाट ४० अंक बनाएको छ। प्रतियोगितामा सबैभन्दा कम खेल खेलेको नेपालले १२ खेलमा १२ अंक बनाएको छ। जसमा ६ खेलमा जित निकाल्दा ६ खेलमा हारेको छ। लिग टुमा नेपालले ओमानसँग अहिलेसम्म चार

स्कटल्यान्डमा हुने आईसीसी लिग–२ को खेल तालिका सार्वजनिक

आईसीसी लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्ने विदेशीय अर्को सिरिजको खेल तालिका सार्वजनक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार स्टकल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने एकदिवसीय सिरिजमा नेपाल, आयोजक स्कटल्यान्ड र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसी लिग-२ का लागि नेपाली टिमको घोषणा : सुनिलको पुनरागमन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका विरुद्धको आईसीसी लिग-२ का लागि १५ सदस्य टोलीको घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा क्यानले घोषणा गरेको टिममा सुनिल धमलाले ५ वर्ष पछि पुनरागमन गरेका छन् । यस्तै, किसोर महतो र मोहमद आदिल अन्सरी नयाँ अनुवार समेटिएका छन् । नेपाली टीम सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल,आरिफ […]