बिमा कम्पनीमा पहिलो मर्जर, एभरेस्ट र हिमालयन गाभिए

एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा भएको छ । मंगलबार बिमा समितिले ती कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेपछि प्रक्रिया पूरा भएको हो । कम्पनीको सबै कागजातका आधारमा मंगलबारको निर्णय अनुसार दुई कम्पनीलाई मर्जरपछिको एकीकृत कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति प्रदान गरिएको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । प्रक्रिया पूरा भएसँगै यो मर्जर बिमा क्षेत्रकै पहिलो हो ।

सम्बन्धित सामग्री

हिमालयन र एभरेस्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सहमति भएर आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।काठमाडौंमा एक कार्यक्रमबीच दुईवटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु भएको हो । दुई बिमा कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु भएको हो ।एकीकृत कारोबारको शुभारम्भ बिमा […]

हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आजदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुईवटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु भएको हो ।  दुई बिमा कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु...

बिमामा पहिलो मर्जर : हिमालयन एभरेस्टको एकीकृत कारोबार सुरु

हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि ‘हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबार सुभारम्भको उदघाटन गरे । एकिकृत कारोबार सुरु भएसँगै बिमा क्षेत्रकै पहिलो मर्जर सफल भएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । आज प्रारम्भिक समझ्दारीपत्रमा हस्ताक्षर भएकाे हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए । बिमा समितिले २०८० चैत मसान्तसम्म दुई अर्ब ५० कराेड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएकाे थियाे । याे मर्जर बिमा क्षेत्रमा हुन लागेकाे पहिलाे हाे । हिमालयन जनरल इन्स्योरेन्सकाे चुक्ता पुँजी...