स्थानीयसँगै विश्वबजारमा बिक्ने जनशक्ति चाहिन्छः मुख्यमन्त्री अधिकारी

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीयसँगै विश्व बजारमा कुन प्रकारको जनशक्ति आवश्यक छ त्यसको प्रक्षेपण गर्दै तयार पानुपर्ने बताएका छन्। प्राकृतिक स्रोत साधनलाई कसरी सदुपयोग गर्न सकिन्छ योजना बनाएर लाग्नुपर्ने उनको भनाई छ। ‘हाम्रो प्राकृतिक स्रोत कुन हो त ? त्यसको अधिकतम उपयोग कसरी गरेर मान्छेलाई सस्टेन गर्ने व्यवसायमा ? त्योतिर जानुपर्नेछ’, मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

विश्वासकाे मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त

काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ ।प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त हुनुभएको हो ।  ६० सदस्यीय प्रदेशसभा सदस्यमा उहाँको पक्षमा २४ मत पर्‍याे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक थियो ।आज ५९ मत खसेकोमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेका अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बन्नुभएको हो ।नेकपा...

विश्वासको मत लिनुअघि मुख्यमन्त्री अधिकारी भन्छन् : डराएर भाग्दिनँ

८ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि शनिबार संसद अधिवेशन डाकेका छन् । सत्ता सारथी नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति भएका अधिकारीका सत्ता सारथी नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मतका लागि शनिबार संसद […]

कालिगण्डकी डाइभर्सनको विपक्षमा मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उहाँले भन्नुभयो– “कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग जोडिएको छ, डाइभर्सनले नदी बेसीका फाँट सुक्खा हुन्छन्”, …

कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उनले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताए । “कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग […]

लोकगीतको संरक्षण गर्नु सरकारको दायित्व : मुख्यमन्त्री अधिकारी

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लोकगीतको संरक्षणको दायित्व सरकारको भएको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोकगीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए । दिवसको अवसरमा प्रतिष्ठानले २५ बालबालिकालाई दुई महिने सारङ्गीवादनको प्रशिक्षण दिने भएको छ । परम्परागत लोकसंस्कृतिको संरक्षण गर्ने […]

महिला शसक्तिकरणमा काम गरिरहेका छौँ : मुख्यमन्त्री अधिकारी

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै उनले महिला दिवसले सामाजिक न्याय र लैङ्गिक समानता कायम गर्दै महिलाको हकको सम्मान, संरक्षण र प्रवद्र्धनप्रति संवेदनशील हुन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् […]

कुरा होइन, काम गरेर देखाउँछौँ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताउनुभएको छ । नेकपा (एमाले) व्यास नगर कमिटीले बुधबार दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने उल्लेख गर्नुभयो । विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उहाँले …

विमान दुर्घटनास्थलमा पुगे मुख्यमन्त्री अधिकारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुगेका छन् ।  १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । एएनसी एटीआर ७२ उक्त विमान

स्टन्टबाजी गर्दिनँ, गुणस्तरीय कार्यक्रम गर्छुः मुख्यमन्त्री अधिकारी

काठमाडौं, २९ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आफूमाथि प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्ने चुनौती भएको बताएका छन् । ‘अनावश्यक मन्त्रालय बढाएर मुलुकमाथि व्ययभार थपिएको भन्दै प्रदेश सरकारको संसान्दर्भिकतामाथि प्रश्न खडा भएका छन् । अब हामीले संघीयता नजिकको सरकार हो भनेर प्रदेशको औचित्य पुष्टि गर्नु जरुरी छ । म अघिल्ला सरकारका राम्रा कामलाई […]

को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारी ?

गण्डकी । गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित बन्नुभएका अधिकारीलाई संविधानको धारा, १६८(२) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बुबा शेषरमण उपाध्याय र आमा लीलादेवीका सन्तानका रुपमा कास्कीको […]